मुख्य समाचार
बेलायतको नेपाली समुदाय यौन अपराध बढ्दै
बेलायतको नेपाली समुदाय यौन अपराध बढ्दै

— बेलायतमा सबैभन्दा बढी नेपाली बसोवास गर्ने रसमोर बरोमा बालबालिका र इन्टरनेटसँग सम्बन्धित यौन अपराधहरु बढिरहेको छ । स्थानीय प्रहरीले यस्ता अपराधको कानूनी सजायबारे अवगत गराउँदै बेलैमा सचेत रहन नेपाली भाषामा विभिन्न सुझाव समेत 
प्रकाशित गरेको छ ।

ह्याम्पसायर कन्सट्याबुलरीको इन्टरनेट चाइल्ड अब्यूज टिम (आइक्याट) ले १८ वर्ष मुनिका बालबालिकाको अश्लिल र अशोभनीय तस्बिरहरु खिच्न, राख्न, वितरण गर्न वा यौन सम्बन्धी कुराकानी गर्नु बेलायतको कानुन अनुसार गैर कानूनी भएको जनाउँदै यसो गरे जेल जानेमात्र नभएर अन्य नराम्रो परिणाम ल्याउन सक्ने पनि उल्लेख गरेको छ ।

बेलायतमा पछिल्लो समय भूतपूर्व गोर्खाका सन्तान, विद्यार्थी तथा वर्क परमिटमा कामदार आउने क्रम अकाशिएको छ । यहाँ नेपाली जनसंख्या बढेसँगै लागूऔषध र यौन अपराध सम्बन्धी घटना पनि बढेका छन् । ह्याम्पसायर कन्सट्याबुलरीका पीसीएसओ दुर्गा थापाले रसमोरमा यौनजन्य अपराध बढेको बताउँदै यसबाट सचेत रहन नेपाली समूदायलाई अपिल गरे ।

'विशेष गरी भर्खर नेपालबाट आएका युवा र अधवैंशेसमेत बालबालिका र इन्टरनेटसँग सम्बन्धी यौन अपराधमा संलग्न भएको पाइएको छ,' थापाले कान्तिपुरसँग भने, 'च्याटरुममा अश्लिल कुराकानी गर्ने, भिडियो फोटो देखाउने, खिच्ने र बालबालिकालाई भेट्न बोलाउने जस्ता क्रियाकलापमा नेपाली संलग्न भइरहेका छन् ।' थापाले यकीन तथ्यांक भने खुलाउन चाहेनन् ।

अज्ञानतावश गरेको पाइए पहिलोपटक सम्बन्धित व्यक्तिको मोबाइल, ल्यापटप वा आइप्याडमा रहेका अश्लिल तस्बिरहरु डिलिट गरिदिने र त्यो व्यक्तिलाई यसबारे शिक्षा दिइने थापाले बताए ।

'प्रहरीले पहिलोपटक बेलायतको कानून र यसको परिणामबारे अवगत गराइ चेतावनी दिएर उसको जानकारी रेकर्डमा राख्छ,' थापाले भने, 'तर पुनः दोहोर्‍याए प्रहरीले कडा एक्सन लिन्छ ।'

संयुक्त अधिराज्यको इंग्ल्याण्ड र वेल्समा १६ वर्ष उमेरमा आपसी सहमतिमा यौन सम्बन्ध राख्न कानूनी छुट छ । तर, यो उमेरमा अल्कोहल किन्न, जुवा खेल्न वा बाजी थाप्न र मतदान गर्न भने मिल्दैन ।

यूके (इंग्ल्यान्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्ड) को कानून अनुसार बालबालिकाको अश्लिल तस्बिरको पहुँचसँग सम्बन्धित चार मुख्य अपराध छन्, जसका लागि दण्डित गर्न सकिने प्रावधान छ ।

१८ वर्ष भन्दा कम उमेरका जो कोहीको यौन मुद्रा का तस्विर (कागजी वा इलेक्ट्रोनिक प्रतिलिपि), राख्नु, त्यस्ता तस्बिर च्याट रुम, इमेल, फोन एप्लिकेसन, टेक्स्ट, यूएसबी स्टिक र फाइल सेयरिङ वेबसाइट (पियर–टु–पियर) मार्फत अरुलाई पठाउनु, कुनै नाबालकको यौन उत्तेजित पार्ने तस्बिरको इलेक्ट्रोनिक कपी बनाउनु र नाबालकको यौनिक तस्वीरहरू लिनु आदि यौन अपराध मानिन्छ ।

बेलायतमा बालबालिकाको यौन चित्र कोर्नु पनि गैरकानूनी छ । नाबालकलाई यौन क्रियाकलापमा संलग्न हुन उत्प्रेरित गर्नु समेत अपराध हो ।

बेलायतको नेपाली राजधानी मानिने रसमोर बरोको वेलिङटन काउन्सिलर जीव बेल्वासे आफ्नो ठाउँमा सकारात्मक नकारात्मक दुवै घट्ना बढेको बताउँछन् । 'अल्डरसट, फार्नबरोमा धेरै नेपाली व्यवसाय बढेका छन् । नेपालीको दरो उपस्थिति छ । तर यही बेला आपराधिक क्रियाकलापका घट्ना पनि वृद्धि भइरहेको छ', ग्रेटर रसमोर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष समेत रहेका बेल्वासेले भने, 'बालबालिका र इन्टरनेटसँग सम्बन्धित यौन अपराधहरु बढेको सुन्नमा आएको छ । हामी स्थानीय प्रहरीसँग समन्वय र सहकार्यमा दृढ छौं ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ६ नेपालीलाई निष्काशन (डीपोर्ट) गरेको छ। दक्षिण कोरियाको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल 'डीपोर्ट' गरिएको स्रोतले बताएको छ। स्रोतका अनुसार निष्काशन गरिनेहरूमा लक्ष्मण महत, दिलु राना मगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ रहेका छन्। उनीहरूलाई शुक्रबार र शनिबार गरी नेपाल फिर्ता पठाइएको ...
: उत्तर अमेरिकी देश कोस्टारिकाले ८ जना नेपालीको भिसा रद्द गरिदिएको छ। भिसा रद्द गरिदिएपछि कोस्टारिका पुगेका उनीहरू शनिबार काठमाडौं फर्किएका छन्। फर्किनेहरूमा आशिष माझी, बुद्धिलाल माझी, चन्द्रबहादुर थापा मगर, गणेश बहादुर थापा मागर, आकाश जिसी, अशोक ढकाल, अम्बिरकुमार ढकाल र दिनेश प्रसाद अधिकारी रहेको स्रोतले जनाएको छ। दिनेश कतार एयरलायन्सको विमानबाट फर्किएका हुन् भने बाँकी ७ ...
: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकी सरकारले दुई नेपालीलाई निष्काशन गरेको छ। स्रोतका अनुसार विनोद कार्की र उमा थापा कार्कीलाई अमेरिकी सरकारले निष्काशन गरेको हो। भिसाको म्याद सकिएपछि पनि अमेरिकामै बसिरहेका विनोदलाई अमेरिकाले एयर इन्डियाको विमानबाट काठमाडौं फर्काएको हो। उमालाई भने क्याथे प्यासेफिकको विमानबाट फर्काइएको थियो। 'विनोद कार्कीले 'ओभर स्टे' गरेका कारण निष्काशन गरेको खुलाइए ...
— रुसी अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम इजाजत (लेवर परमिट) बिना काम गर्ने ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट (देश निकाला) गर्न आदेश दिएको छ । ती विद्यार्थीहरुलाई डिपोर्टेशन सेन्टरमा नेपाल पठाउन राखिएको छ । विद्यार्थी भिसामा रुस पुगेका ती विद्यार्थीहरुले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरेको भन्दै डिपोर्ट गर्ने फैसला सुनाइएको हो । उनीहरुलाई गत कार्तिक ...
: मलेसियाले वैदेशिक रोजगारमा गएका १२ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको भन्दै मलेसियाले उनीहरूलाई निष्कासन गरेको हो। अध्यागमन विभागका अनुसार उनीहरू बिहीबार काठमाडौं आइपुगेका हुन्। 'मलेसियाले डीपोर्ट गरेका उनीहरू बिहीबार काठमाडौं आइपुगेका छन्। अध्यागमन कानुन उल्लंघन गरेको भन्ने छ। तर, कुन कानुन भन्ने कुरा स्पष्ट खुलाइएको छैन,' अध्यागमन विभाग स्रोतले अन्नपूर्णसँग भने। निष्कासनमा ...