२०५० सम्ममा समुद्रमा ‘माछाभन्दा बढी हुनेछ प्लास्टिक’
२०५० सम्ममा समुद्रमा ‘माछाभन्दा बढी हुनेछ प्लास्टिक’

हालसम्म हामीले भन्दै आएको कुरा हो– ‘समुद्रमा सबैभन्दा धेरै माछा पाइन्छ।’ तर, एक अध्ययनका अनुसार यस्तो पनि दिन आउनेछ जुन दिन समुद्रमा माछाभन्दा धेरै प्लास्टिक हुनेछ। एलेन म्याकआर्थर फाउन्डेसन र वल्र्ड इकोनोमिक फोरमले गरेको एक अध्यनले यो अवस्था धेरै टाढा नरहेको दाबी गरेको छ। अर्थात् सन् २०५० सम्ममा समुद्रमा माछाले ओगटेको हालको अवस्थालाई प्लास्टिकले ओगट्नेछ।


एउटा सामान्य प्लास्टिकको झोला नष्ट हुन करिब सयदेखि पाँच सय वर्षसम्म लाग्छ। अहिले यसको प्रयोग विश्वमा अत्यधिक छ। र, सबै प्रयोगपछि पानीमा मिसिएर समुद्रमा पुग्दैछ। विश्वमा प्लास्टिक उत्पादन, त्यसको प्रयोग र व्यवस्थापनको अवस्था हेरेर गरिएको गणनाले यो अवस्था देखाएको अध्ययनमा उल्लेख छ।


वातावरण क्षेत्रमा कार्यरत संस्थाका अनुसार विश्वभर बर्सेनि पाँच खर्ब वटा प्लास्टिक ब्याग उत्पादन हुन्छन्। हरेक मिनेट १० लाख ब्याग प्रयोग भइरहेका हुन्छन्। जति उत्पादन भइरहेका छन्, त्यत्तिकै अनुपातमा विश्वभर प्लास्टिकजन्य फोहोर पनि बढिरहेका छन्। यो अवस्थाले जलचर प्राणी लोप हुँदै जाने र उनीहरूको स्थान प्लास्टिकले ओगट्नेछ। जलवायु परिवर्तनको असरले हिउँ पग्लने क्रम उच्च हुँदा नदीमा पानीको मात्रा बढ्ने, बाढी आउने र त्यसले पनि समुद्रमा प्लास्टिकलाई चाँडो पुर्‍याउने विज्ञ बताउँछन्।

राष्ट्रसंघीय वातावरणीय कार्यक्रम युनेपले पनि हरेक मिनेटमा प्लास्टिक फोहोर समुद्रमा मिसिने गरेको देखाएको थियो। त्यसको प्रतिवेदनमा हरेक मिनेटमा एक ट्रकबराबरको प्लास्टिक फोहोर समुद्रमा विर्सजन हुने गरेको उल्लेख छ।

विश्वभर बर्सेनि ४० करोड टन प्लास्टिकको फोहोर उत्पादन हुन्छ।

सन् १९५० मा १५ लाख टन रहेको प्लास्टिकको उत्पादन बढेर २०२१ सम्ममा ३९ करोड टन पुगेको युनेपको तथ्यांकले पुस्टि गर्छ।यो क्रम पछिल्लो दुई वर्षमा अझै बढेको वातावरण विज्ञ बताउँछन्।अध्ययनअनुसार उत्पादित प्लास्टिकमध्ये ९ प्रतिशत मात्र पुनप्र्रयोग गरिन्छ।१२ प्रतिशत जलाइन्छ भने बाँकी ७९ प्रतिशत डम्पिङ साइटमा बिसर्जन गरिन्छ या त्यत्तिकै खुला छाडिन्छ।प्लास्टिकजन्य फोहोरबाट समुद्र सबैभन्दा बढी प्रदूषित हुने गरेको छ।यही क्रम जारी रहे सन् २०५० सम्ममा समुद्रमा माछाभन्दा प्लास्टिक बढी हुने अनुमान छ।यस्तै, प्लास्टिक ब्यागका कारण बर्सेनि एक लाख जलचर मारिने गरेका छन्।

तर, अध्ययनले यसलाई रोक्न सक्ने विकल्पलाई पनि केलाएको छ।प्याकेजिङमा अनावश्यक रूपमा प्लास्टिकको प्रयोग रोक्ने, पुनः प्रयोग बढाउने र वातावरणमैत्री विकल्प अपनाउने हो भने सन् २०४० सम्ममा विश्वव्यापी प्लास्टिक प्रदूषण ८० प्रतिशतले घटाउन सकिने पनि बताइएको छ।एक अध्ययनले हाल विश्वका १ सय २७ मुलुकले प्लास्टिकको प्रयोगमा आंशिक तथा पूर्ण रूपमा रोक लगाएका छन्।यस्तै, अनुसन्धानकर्ताहरूले हालै अस्ट्रेलिया, अमेरिका, बेलायत र युरोपका ३८ वटा तालमा गरेको अनुसन्धानले सबै ठाउँमा प्लास्टिक र माइक्रोप्लास्टिक फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...