अष्ट्रेलियाको पहिलो जित, श्रीलंका पाँच विकेटले पराजित
अष्ट्रेलियाको पहिलो जित, श्रीलंका पाँच विकेटले पराजित

: आइसीसी एक दिवसी विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पहिलो जित हात परेको छ। भारतको लखनउमा सोमबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको हो।


श्रीलंकाले दिएको २१० रनको लक्ष्य अष्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो। अष्ट्रेलियाका लागि माइकल मार्स र जोश इग्लिसले अर्धशतक प्रहार गरे। माइकलले ५२ रन बनाउँदा जोशले ५८ रन बनाएका थिए।


यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले ४३.३ ओभरमा अलआउट हुँदै २०९ रन बनाएको थियो। श्रीलंकाका लागि कुशल परेराले सर्वाधिक ७८ रन बनाए। त्यस्तै पथुम निशांकाले ८१ रन बनाउँदा चरिथ अशलंकाले २५ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

यसअघि अष्ट्रेलिया भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो। श्रीलंका भने तीनवटै खेलमा पराजित भएको छ। यसअघि श्रीलंका पाकिस्तान र दक्षिण अफ्रिकासँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...