: अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएकाले छिटै लयमा आउने दाबी गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री महतले अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक संकेत देखिएको भन्दै अन्तर्राष्ट्रिय परिवेश नकारात्मक नभए मुलुकको अर्थतन्त्र छिटै लयमा आउने बताए।
सकारात्मक संकेत बाबजुत बाँकी रहेका अफ्ठ्यारोहरू सबै मिलेर समाधान गर्नुपर्ने उनले भनाइ छ। उनले अहिले पनि अन्तर्राष्ट्रिय तहमा धेरै समस्याहरू देखा परेको भन्दै यसलाई समयमा नरोके नराम्रो रुप लिनसक्ने बताए। सरकारको तर्फबाट अर्थतन्त्र सुधारका लागि धेरै पहल गरिरहेको पनि उनले बताए। अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा रहेकाले नेपाल पनि अछुतो हुन नसकेको उनको भनाइ छ।