सरकार अभिभावक बन्नुपर्छ भन्ने इजरायल घटनाले सिकायो
सरकार अभिभावक बन्नुपर्छ भन्ने इजरायल घटनाले सिकायो

शनिबार बिहान इजरायलमा भएको आतंकवादी हमलामा १० नेपाली विद्यार्थीको मृत्यु भयो। यो भनेको देशले १० जना दक्ष कृषि प्राविधिक गुमाउनु हो। सञ्चार माध्यममा बिहानै यो खबर सुनेपछि कताकता मन थाम्न सकिएन। आमाको उपचारका लागि काठमाडौं गएको थिएँ। सुदूरपश्चिमबाट ४९ जना विद्यार्थी इजरायल गएका थिए। कृष्णपुर नगरपालिकाका पनि चार जना इजरायलमा रहेछन्। उनीहरूसँग सम्पर्क भयो। अनि, सम्झिँए सरकार किन अभिभावक बन्नुपर्छ भन्ने कुरा।


१. यो घटनामा सरकारले तुरुन्दै उद्धारको कदम चाल्यो। यस्तो बेला नै सरकार र राज्यको अनुभूति हुने हो। सरकारले समयमै २ सय ५४ जना नेपालीको उद्धार गरेर नेपाल फर्कायो। सरकारले स्वदेश फर्किन चाहनेहरूलाई छिटो उद्धार गर्नुपर्छ।


२. कञ्चनपुरकै एक जना विद्यार्थीलाई हमासले अपहरण गरेर लगेको खबर आएको छ। सरकारले हमाससँग सम्बन्ध भएका देशहरूसँग समन्वय गरेर अपहरणमा परेका ती विद्यार्थीको पनि सकुशल उद्धार गर्नुपर्छ।

३. कृष्णपुर नगरपालिकाले आफ्नो पालिकाका चार विद्यार्थीलाई काठमाडौंबाट घर पु¥याएको छ। जसरी संघीय सरकार, परराष्ट्र मन्त्रालयले इजरायलबाट उद्धार गरेर काठमाडौं ल्यायो, त्यसैगरी काठमाडौंबाट स्थानीय सरकारले पनि घरघरमा पुगाउनुपर्छ भनेर मैले मेरो पालिकाका चारै जनालाई त्रिभुवन विमानस्थलबाट आफ्नै घर (काठमाडौं) लगेँ।

४. एक दिन, दुई रात नेपाल फर्किएका मेरो क्षेत्रका विद्यार्थीलाई मेरै घरमा राखें। उनीहरूलाई रिफ्रेस गराएर जहाजमा टिकट काटेर घरसम्म पुर्या‍इदिएँ। यसमा उनीहरूले अभिभावकत्व महसुस गरेका छन्।

५. अहिलेको समयमा सरकार शासक होइन, सेवक र हरेक नागरिकको अभिभावक बन्ने समय हो। हामी सबैले यो कुरा बुझ्नुपर्छ।

(ओझा, कृष्णपुर नगरपालिका, कञ्चनपुरका नगर प्रमुख हुन्।)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...