गोलीकाण्डपछि बेल्जियम र स्वीडेनबीचको खेल रद्द
गोलीकाण्डपछि बेल्जियम र स्वीडेनबीचको खेल रद्द

। युरो कप २०२४ को छनोटअन्तर्गत बेल्जियम र स्वीडेनबीचको खेल गोलीकाण्डपछि रद्द भएको छ ।

ब्रसेल्समा गोली हानी दुई जनाको हत्या भएपछि सुरक्षाको कारण देखाउँदै बेल्जियम र स्वीडेनको खेल पहिलो हाफमा स्थगित गरिएको थियो र पछि रद्द गरिएको यूईएफएले जनाएको छ ।

‘आज साँझ ब्रसेल्समा भएको संदिग्ध आतंकवादी हमलापछि, दुई टोली र स्थानीय प्रहरी अधिकारीहरूसँगको परामर्शपछि बेल्जियम र स्वीडेनबीचको यूईएफए युरो २०२४ को छनोट खेल रद्द गर्ने निर्णय गरिएको छ,’ यूईएफएले आफ्नो वेबसाइटमा एक विज्ञप्तिमा जारी गर्दै भनेको छ ।

गोलीकाण्डपछि एक व्यक्तिले सोशल मिडियामा पोस्ट भएको एक भिडियोमा आफू आक्रमणकारी भएको इस्लामिक स्टेटबाट भएको दाबी गरेपछि बेल्जियमले उच्चस्तरको सजगता अपनाएको छ ।

खेल रोकिनुअघि दुवै टोलीले एक/एक गोल गरेका थिए । भिक्टर ग्योकेरेसले गोल गर्दै स्वीडेनलाई सुरुआती अग्रता दिलाएका थिए भने रोमेलु लुकाकुले बेल्जियमका लागि बराबरी गोल फर्काएका थिए ।

समर्थक र खेलाडीहरुलाई किङ बाउडोउन स्टेडियममै बस्नका लागि आग्रह गरिएको थियो र पछि उद्धार गरिएको थियो ।

स्वीडिस मिडियाका अनुसार मृत्यु भएका हरुले स्वीडेन टिमको जर्सी लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...