यूएईमाथि नेपालको आत्मविश्वासी विजयी
यूएईमाथि नेपालको आत्मविश्वासी विजयी

कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटमा अविजित ९३ रनको साझेदारी गरि नेपाललाई जिताए । कप्तान रोहित पौडेल ५१ र र दीपेन्द्रसिंह ऐरी ३४ रन बनाई अविजित रहे । रोहितले पछिल्ला चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा तेस्रो अर्धशतक बनाएका हुन् । रोहितले ४० बल खेली ५ चौका तथा दीपेन्द्रले २३ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।
कुशल भुर्तेल १४ बलमा १४ रन बनाई आउट भएका थिए । दुर्भाग्यपूर्ण रनआउट भएका कुशल मल्लले ९ बलमा २ चौका प्रहार गर्दै ११ रन बनाए । ओपनर आसिफ शेख २७ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाए । यूएईका निलान्श केसवानी र अली नासिरले १–१ विकेट लिए ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४० रन बनाएको थियो । मुलपानी क्रिकेट मैदानमा खेलिएको पहिलो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा यूएईको सुरुआत राम्रो थिएन ।

सोमपाल कामीले खेलको पहिलो ओभरमै ‘डेब्यु’ गरिहेका खालिद शाहलाई शुन्यमा आउट गराए । अलिशन सराफु पनि ६ रन बनाई करण केसीको बलमा आउट भएपछि यूएईको संकट चुलिएको थियो ।

कप्तान मोहम्मद वासिमलाई गुल्शन झाले आउट गरे । वासिमले १८ बल खेली समान १ चौका र छक्का प्रहार गर्दै १७ रन बनाए । गुल्शनले आसिफ खानलाई आउट गरी नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए । आसिफले १२ बल खेली २ चौका प्रहार गर्दै १५ रन बनाए ।

अलि नासिर र बसिल हमिदले पाँचौं विकेटमा ५६ रनको साझेदारी गरे । नासिरले ३० बल खेली ३ चौका र १ छक्कासहित ३२ रन बनाए । उनी करणको दोस्रो शिकार बनाए । हमिदले ट्वान्टी २० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो अर्धशतक बनाउनेक्रममा कुल ३८ बल खेली १ चौका र ४ छक्का प्रहार गरि ५१ रन बनाए ।

नेपालबाट करणले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १९ रनमात्र खर्चे । गुल्शनले ३ ओभरमा ११ रन खर्चेर २ र सोमपाल कामीले १ विकेट लिए । अभिनाश बोहराले १ विकेट लिनेक्रममा ४ ओभरमा ३८ रन खर्चे ।

नेपालले श्याम (मौसम) ढकाललाई ‘डेब्यु’ गराएको थियो । ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल्ने नेपालका ४४ औ खेलाडी बनेका उनले २ ओभरमा १४ रन खर्चेका थिए । तीनदेशीय प्रतियोगिताको अर्को टोली हङकङ रहेको छ । नेपालले बिहीबार हङकङसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...