मुख्य समाचार
अक्टोबर ७ को बदलामा 'प्यालेस्टिनी नागरिकमाथि सामूहिक सजाय' न्यायोचित हुन्न : महासचिव गुटेरस
अक्टोबर ७ को बदलामा 'प्यालेस्टिनी नागरिकमाथि सामूहिक सजाय' न्यायोचित हुन्न : महासचिव गुटेरस

— संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले हमासको आक्रमणको बदलामा प्यालेस्टिनी नागरिकहरूमाथि 'सामूहिक सजाय' दिन नमिल्ने बताएका छन् । बुधबार बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा सम्बोधन गर्दै महासचिव गुटेरसले 'अक्टोबर ७ को आक्रमणको बदलामा प्यालेस्टिनी नागरिकमाथि सामूहिक सजाय' न्यायोचित नहुने बताएका हुन् ।

महासचिव गुटेरसले गाजामा रहेको अल अहली अस्पतालमा भएको आक्रमणको पनि निन्दा गरेका छन् । मंगलबार भएको रकेट आक्रमणमा अस्पतालमा आश्रय लिइरहेका करिब ५०० प्यालेस्टिनी नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले तत्काल मानवीय आधारमा युद्धविराम गरी मानिसहरूले भोगिरहेको पीडा कम गर्नुपर्ने पनि बताएका छन् ।

अक्टोबर ७ मा गाजाबाट हमासले इजरायली भूमिमा आक्रमण लिएपछि पश्चिम एसियामा तनाव चर्किएको हो । हमासको आक्रमणमा १३ सयभन्दा बढी इजरायली नागरिकको मृत्यु भएको छ । जसमा १० नेपालीसहित १०० भन्दा बढी विदेशी नागरिक पनि छन् । त्यस्तै इजरायली आक्रमणमा ३५ सयभन्दा प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।

इजरायलले गाजा क्षेत्रमा खाद्यान्नसहित खानेपानी, इन्धन र स्वास्थ्य सामग्रीको आपूर्तिसमेत बन्द गरेको छ । गाजामा १ हजारभन्दा बढी मानिस इजरायली आक्रमणबाट ध्वस्त बनेका भवनका भग्नावशेषमा पुरिएको बीबीसीले जनाएको छ । इजरायली सेनाको चेतावनीपछि उत्तरी गाजाबाट लाखौँ मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको राजधानी नयाँ दिल्लीमा जीआरएपी-४ लागू भएको छ। वायु प्रदूषणको मात्रा अत्यधिक बढेपछि जिआरपी-४ लागू गरिएको हो। यससँगै दिल्ली-एनसीआरमा इलेक्ट्रिक वा बीएस-६ डिजेलको गाडी र अति आवश्यक सामान ल्याउने ट्रकलाई मात्र प्रवेश अनुमति दिइनेछ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले सोमबार विहान वायु प्रदूषणको सूचकांकलाई 'गम्भीर' श्रेणीमा राखेको थियो। विहान ८ बजे दिल्लीको आनन्द ...
— अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका छन् । किभलाई अमेरिकी क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएको केही दिनभित्र बाइडेन बारुदी सुरुङहरू दिन सहमत भएका हुन् । युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्रहरू प्रयोग गरेको थियो । रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको ...
: श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। गत हप्ता भएको मध्यावधि संसदीय निर्वाचनपछि बनेको नयाँ २२ सदस्यीय मन्त्रिमण्डलमा रक्षा र वित्त (अर्थ) मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन्। गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका वामपन्थी नेताले आफ्नो अन्तरिम मन्त्रिमण्डलका सहकर्मीहरू प्रधानमन्त्री हरिनी अमरासुरिया र विदेशमन्त्री विजिता हेराथले आफ्नो जिम्मेवारी सम्हाल्ने बताएका ...
— हङकङको एक अदालतले त्यहाँका प्रमुख लोकतन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ । उनीहरूलाई राष्ट्रिय सुरक्षासम्बन्धी एक मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो । सजाय पाउनेमा बेनी ताई र जोशुआ वङसहित ४५ जना लोकतन्त्र पक्षधर छन् । उनीहरू 'हङकङ-४७' समूहसँग आवद्ध छन् । अदालतले ताईलाई १० वर्ष र वोङलाई ...
— अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित 'परियोजना २०२५' नामक दस्तावेज लेख्न प्रमुख भूमिका निभाएका टेलिकम क्षेत्रका अधिवक्ता ब्रेन्डन कार अमेरिकाको संघीय सञ्चार आयोगको प्रमुख आयुक्त नियुक्त हुने भएका छन् । लामो समयदेखि सोही आयोग र अन्य निकायमा रहेर उनले ट्रम्पका सञ्चार र प्रविधि नीतिको चर्को वकालत गर्दै आएका थिए । कारको नियुक्तिले नवनिर्वाचित राष्ट्रपतिका अर्का ...