मुख्य समाचार
कंगो डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो
कंगो डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो

— उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वेटर प्रान्तमा चार दिनअघि झन्डै ३ सय यात्रु बोकेको डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

यातायातमन्त्री मार्क एकिलाले सोमबार जनाएअनुसार कंगो नदीमा शुक्रबार राति भएको जहाज दुर्घटनामा कम्तीमा ४७ जनाको ज्यान गएको छ भने एक जना अज्ञात छन् । यात्रुको अत्यधिक चापका कारण सो दुर्घटना भएको बताइएको छ ।

आइतबार जारी गरिएको भिडियो रिपोर्टमा प्रान्तका डेपुटी गभर्नर टेलर एनगान्जीले २८ वटा शव फेला परेको र पीडितका आफन्तहरूले २ सय ६१ जना बेपत्ता भएको उल्लेख गरेका छन् । घटनास्थलमा पुगेका डेपुटी गभर्नरले दोषीलाई कडा कारबाही गरिने बताएका छन् ।

प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुंगा शुक्रबार अबेर कंगो नदीमा रहेको प्रान्तको बन्दरगाह सहर एमबन्दकाबाट ३ सय किलोमिटर टाढा रहेको बोलोम्बाका लागि छुटेको थियो । यात्रुहरूको संख्या यकिन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई) का कार्यकर्ता र उनका समर्थकहरूले इस्लामाबादतर्फ मार्च सुरु गरेका छन् । बीबीसीका अनुसार पीटीआईका मानिसहरू खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रबाट इस्लामावाद तर्फ लागिरहेका छन् । इमरान खानको अपीलमा आइतबार प्रदर्शन सुरु भएको थियो। इमरानले यो विरोधलाई ‘फाइनल कल’ नाम दिएका छन् । प्रदर्शन रोक्न प्रहरीले इमरानका ४ ...
। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक हिंसामा ज्यान गुमाउनेको संख्या ८८ पुगेको अस्पताल प्रशासनले जनाएको छ । गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा आक्रमण गर्दा भएको हिंसामा ठूलो हताहत भएको थियो । यस आक्रमणले सिया र सुन्नी समुदायहरू बिच साम्प्रदायिक हिंसा बढाएको छ भने पछिल्ला दिनहरूमा धेरै आक्रमणहरूले मृतकको संख्या ...
। बंगलादेशमा अल्पसंख्यक समुदायको सुरक्षाको माग गर्दै भइरहेको प्रदर्शनको नेतृत्व गरिरहेका हिन्दू समुदायका एक साधुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वरिष्ठ प्रहरी जासुस रेजाउल करिम मल्लिकले एएफपीलाई बताएअनुसार नवगठित हिन्दू समूहका प्रवक्ता चिन्मय कृष्ण दास ब्रह्मचारीलाई ढाकाबाट पक्राउ गरिएको हो । लामो समयदेखि सत्ताको बागडोर सम्हालेकी प्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको अगस्ट क्रान्तिले सत्ताच्यूत गरेपछि १७ ...
। इजरायल र लेबनानबीच युद्धविरामको सम्झौता गर्ने तयारी भइरहेको छ । यसबारे छलफल गर्न इजरायलको मन्त्रिपरिषद् बैठक बस्दै छ । यो बैठकमा ६० दिन युद्धविराम गर्ने र लेबनानको भूमिबाट इजरायली सेना फिर्ता हुने प्रस्तावबारे छलफल हुने बीबीसीले जनाएको छ । इजरायलले लेबनानमा रहेका इरान समर्थित लडाकु समूह हिजबुल्लाहमाथि आक्रमण गर्दै आएको छ । प्रत्युत्तरमा लेबनानले पनि इजरायलमाथि ...
। पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन चर्किएपछि सरकारले सेना परिचालन गरेको छ । भ्रष्टाचार आरोपमा जेलमा रहेका खानलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरुले राजधानी इस्लामावादमा विशाल प्रदर्शन गरेका छन् । उनीहरुलाई रोक्ने प्रयास गर्दा प्रहरीसँग झडप पनि भएको थियो । सोमबारको प्रदर्शन हिंसात्मक बन्दा ६ जनाको मृत्यु भएको छ । १०० भन्दा बढी प्रहरीहरु ...