मुख्य समाचार
विश्वकप क्रिकेट : दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध
विश्वकप क्रिकेट : दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध

— नेदरल्यान्ड्सले विश्व क्रिकेट २०२३ मा मंगलबार अर्को अप्रत्यासित नतिजा सम्भव पारेको छ । मंगलबार धर्मशालामा भएको खेलमा नेदरल्यान्ड्सले उपाधिको बलियो दाबेदार रहेको दक्षिण अफ्रिकालाई ३८ रनले पराजित गरेको हो ।

जितका लागि २ सय ४६ रन पछ्याएको दक्षिण अफ्रिका ४२.५ ओभरमा २ सय ७ रन बनाएर अलआउट भयो । प्रतियोगितामा नेदरल्यान्ड्सको यो पहिलो जित हो ।

सुरुवाती दुई खेलमा लगातार निकालेर उत्कृष्ट सुरुआत लिएको दक्षिण अफ्रिका भने तेस्रो प्रतिस्पर्धात्मा स्तब्ध रह्यो । नियमित अन्तरमा विकेट गुमाएर दक्षिण अफ्रिकाका लागि डाविड मिलरले सर्वाधिक ४३ रन बनाए । एकपल्ट जीवनदान पाएका मिलरले निर्णायक खेल भने प्रदर्शन गर्न सकेनन् । हेनरिक क्लार्सनले २८ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४३ ओभरमा आठ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो । उसको सुरुआत भने राम्रो रहेन र ५० रन बनाउँदासम्म चार विकेट गुमाइसकेको थियो । लगतै स्थिति ८२ रनमा पाँच विकेट गुमाएको थियो । त्यसयता कप्तान स्कट एडवार्डले आफ्नो खेल जीवनकै उत्कृष्ट इनिङ्स खेले ।

उनले ६९ बलमा ७८ रन बनाए र नटआउट पनि रहे । उनले १० चौका र एक छक्का प्रहार गरे । उनलाई सुरुमा २९ रन बनाएका रोलोफ भान डे मेरवेले बलियो साथ दिए । पछि आर्यन दत्तले नौ बलमा २३ रन बनाए । उनी पनि नटआउट रहे र यसक्रममा तीन छक्का प्रहार गरेका थिए । खेलको सुरुआत वर्षाले प्रभावित भएपछि प्रतिस्पर्धा ४७ ओभरको छोट्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...