मुख्य समाचार
‘नेपोलियन’ ट्रेलर : आफैंलाई सम्राट घोषित गरेका नेपोलियनको उदयको कथा
‘नेपोलियन’ ट्रेलर : आफैंलाई सम्राट घोषित गरेका नेपोलियनको उदयको कथा

। ओस्कार अवार्ड विजेता अभिनेता जोकिन फिनिक्स अभिनित प्रतीक्षित फिल्म ‘नेपोलियन’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । ४८ वर्षीय फिनिक्सले यसमा फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टको भूमिका निर्वाह गरेका छन् ।

हलिउडमा लार्जर देन लाइफ शैलीका फिल्म बनाउन चर्चित रिडले स्कट निर्देशित फिल्मले शक्ति प्राप्तिका लागि बोनापार्टले गरेको अथक संघर्ष, प्रेमिका जोसेफिनसँग उसको हिंसात्मक प्रेम र दूरदर्शी राजनीतिक तथा सैन्य रणनीतिलाई चित्रण गर्छ । ट्रेलरमा गतिशील युद्धका दृश्यलाई कैद गरिएको छ ।

पिपुल म्यागजिनका अनुसार निर्देशक रिडले स्कटको यो फिल्मको पहिलो ट्रेलर जहाँ टुंगिएको थियो, त्यहाँबाट नयाँ ट्रेलर थालेका छन् । अर्थात्, पहिलो ट्रेलरले बोनापार्टले बरफको मैदानमा शत्रु सेनाविरुद्ध जाल सुरु गरेको दर्शाउँछ । बाँकी ट्रेलर सन् १९७० को ब्ल्याक सब्बाथको गीत ‘वार पिग्स’को पृष्ठभूमिमा तय गरिएको छ । योसँगै १९७० को दशकमा फ्रान्समा उनको शक्तिको उदय र पत्नी जोसेफिन (भेनेस किर्बी)सँग उनको सम्बन्धलाई देखाइएको छ ।

फ्रान्सेली क्रान्तिपछि नेपोलियनले राष्ट्रको शक्ति कब्जा गरे र आफूलाई सम्राट घोषित गरे । एक दशक लामो शासनको सुरुवात तत्कालीन ग्रेट ब्रिटेनसहितका प्रमुख युरोपेली शक्तिसँग कूटनीतिक र सैन्य टकरावसँगै सुरु भएको थियो ।

‘नेपोलियन’ नोभेम्बर २२ मा हलमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...