मुख्य समाचार
स्वास्थ्य मन्त्रालयले भन्यो - दसैं बिदाका दिनमा आकस्मिक चिकित्सकीय समूह तयारी अवस्थामा राख्नू
स्वास्थ्य मन्त्रालयले भन्यो - दसैं बिदाका दिनमा आकस्मिक चिकित्सकीय समूह तयारी अवस्थामा राख्नू

: सरकारले सार्वजनिक बिदाका दिनमा अस्पतालहरूमा आकस्मिक चिकित्सकीय समूह तयारी अवस्था राख्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दसैंमा सार्वजनिक बिदाका दिनहरूमा अस्पतालहरूमा आकस्मिक चिकित्सकीय समूह र एम्बुलेन्स तयारी अवस्थामा राख्न सम्बन्धित नियकालाई अनुरोध गरेको हो।


'सार्वजनिक बिदाका दिनहरूमा अस्पतालहरूमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितताका साथै आकस्मिक चिकित्सकीय समूह
आधारभूत आकस्मिक मेडिकल प्राविधिक,एम्बुलेन्स आदि तयारी अवस्थामा राख्नहुन तथा राख्न लगाउनुहुन सरोकारवाला निकायहरूमा अनुरोध गर्दछौं,'प्रेस विज्ञप्तिमा उल्लेख छ।

चाडपर्वका बेलामा हुने असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै मन्त्रालयले सेतो मासु,फलफूल र रेसादार खानेकुरा सेवन गर्न समेत अनुरोध गरेको छ।

चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गरिरहेका बिरामीलाई उचित व्यवस्था गरी नियमित औषधि सेवन गर्न मन्त्रालयले आग्रह गरेको छ।

यसैगरी मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी जानकारी आवश्यक भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइन १११५ र ११३३ मा सम्पर्क गर्न सकिने जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले अस्पतालहरूको वर्गीकरण गर्ने प्रक्रियालाई अघि बढाएको बताएका छन्। काठेखोला गाउँपालिका-६ बिहुँको नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री पौडेलले अस्पतालको वर्गीकरण गरेर सेवा सुविधा थप गर्ने बताए। ‘अहिले अस्पतालको वर्गीकरण गर्ने प्रक्रियालाई अघि बढाएका छौं,’ मन्त्री पौडेलले भने,‘सबै अस्पतालमा एमआरआई, सिटी स्क्यान चाहिने हो की होइन ? त्यसका लागि ...
— स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पताल भवन मात्रै नभई सेवा प्रवाहका लागि उपकरण र जनशक्ति चाहिने बताएका छन् । हालै निर्माण गरिएको बागलुङको काठेखोला गाउँपालिका–६ स्थित पाँच श्ययाको बिहुँकोट आधारभूत अस्पतालको आज उद्घाटन कार्यक्रममा उनले देशभर हालै बनेका ४७ वटा भवनबाट सहज सेवा प्रवाहका लागि त्यहाँ जनशक्ति र उपकरण व्यवस्थापनमा सरकारको ध्यान जाने बताएका हुन् ...
। ललितपुर महानगरपालिकामा किसानले पालेका बङ्‍गुरमा ‘स्वाइन फिभर’ देखिएको छ । महानगरपालिका अन्तर्गत २२ नम्बर वडास्थित चुनिखेल, नख्खु करिडोर क्षेत्रका किसानले पालेको बङ्‍गुर/सुँगुरमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो । ‘२५ कात्तिकमा केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर रिर्पोट अनुसार सो क्षेत्रका किसानले पालेका बङ्‍गुर र सुँगुरमा स्वाइन फिभर’ पुष्टि भएको हो,’ महानगरले जारी गरेको ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन्। नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले संसारमा खोज र अनुसन्धानबाट पत्ता नलाग्ने र इमानदार तथा लगनशील भएर काम गरेमा ...
। प्रहरीले नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा कार्यरत एक जना चिकित्सकलाई पक्राउ गरेको छ । सहकर्मी डाक्टरले नै यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी वृत्त, बानेश्वरले जनाएको छ । कार्यस्थल एउटै हुँदा पीडितको परिचय खुल्नसक्ने भएकाले प्रहरीले पक्राउ पर्ने डाक्टरको नाम खुलाएको छैन । बानेश्वर प्रहरीका एक अधिकृतले यो घटना ...