मुख्य समाचार
इजरायलमा मारिएका विद्यार्थीको शव काठमाडौं ल्याइयो
इजरायलमा मारिएका विद्यार्थीको शव काठमाडौं ल्याइयो

: हमास आक्रमणमा इजरायलमा ज्यान गुमाएका ३ जनाको नेपालीको शव काठमाडौं ल्याइएको छ। आज बिहान ८:३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव आइपुगेको हो। शव लिन विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत गएका थिए।


शव नेपाली सेनाको ब्यारेकमा लगिएको र परराष्ट्र मन्त्री पनि नेपाली सेनाको ब्यारेकमा पुगेका छन् । अर्का एक जनाको शव दिउँसो १ बजे ल्याइने जनाइएको छ।

इजरायलको तेल अविवस्थित नेपाली दूतावासले कानुनी प्रक्रिया पूरा भएका चार जना नेपाली विद्यार्थीको शव शनिबार फ्लाई दुबईबाट नेपाल पठाइएको हो।

नारायण न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट र आशिष चौधरीको शव कानुनी प्रक्रिया पूरा नेपाल ल्याइएको हो।

अन्य शव पहिचानको क्रममा रहेकाले पहिचानपश्चातमात्रै शवहरू नेपाल पठाइने जनाइएको छ। त्यस्तै बेपत्ता रहेका विपिन जोशीको उपलब्ध सम्पूर्ण संयन्त्र प्रयोग गरी खोजीकार्य जारी राखेको दूतावासले जनाएको छ।

nullहमास आक्रमणमा परी 'लर्न एन्ड अर्न' कार्यक्रममार्फत् इजरायल गएका दस जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारी छन्।

शवहरु सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ६ नेपालीलाई निष्काशन (डीपोर्ट) गरेको छ। दक्षिण कोरियाको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल 'डीपोर्ट' गरिएको स्रोतले बताएको छ। स्रोतका अनुसार निष्काशन गरिनेहरूमा लक्ष्मण महत, दिलु राना मगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ रहेका छन्। उनीहरूलाई शुक्रबार र शनिबार गरी नेपाल फिर्ता पठाइएको ...
: उत्तर अमेरिकी देश कोस्टारिकाले ८ जना नेपालीको भिसा रद्द गरिदिएको छ। भिसा रद्द गरिदिएपछि कोस्टारिका पुगेका उनीहरू शनिबार काठमाडौं फर्किएका छन्। फर्किनेहरूमा आशिष माझी, बुद्धिलाल माझी, चन्द्रबहादुर थापा मगर, गणेश बहादुर थापा मागर, आकाश जिसी, अशोक ढकाल, अम्बिरकुमार ढकाल र दिनेश प्रसाद अधिकारी रहेको स्रोतले जनाएको छ। दिनेश कतार एयरलायन्सको विमानबाट फर्किएका हुन् भने बाँकी ७ ...
: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकी सरकारले दुई नेपालीलाई निष्काशन गरेको छ। स्रोतका अनुसार विनोद कार्की र उमा थापा कार्कीलाई अमेरिकी सरकारले निष्काशन गरेको हो। भिसाको म्याद सकिएपछि पनि अमेरिकामै बसिरहेका विनोदलाई अमेरिकाले एयर इन्डियाको विमानबाट काठमाडौं फर्काएको हो। उमालाई भने क्याथे प्यासेफिकको विमानबाट फर्काइएको थियो। 'विनोद कार्कीले 'ओभर स्टे' गरेका कारण निष्काशन गरेको खुलाइए ...
— रुसी अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम इजाजत (लेवर परमिट) बिना काम गर्ने ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट (देश निकाला) गर्न आदेश दिएको छ । ती विद्यार्थीहरुलाई डिपोर्टेशन सेन्टरमा नेपाल पठाउन राखिएको छ । विद्यार्थी भिसामा रुस पुगेका ती विद्यार्थीहरुले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरेको भन्दै डिपोर्ट गर्ने फैसला सुनाइएको हो । उनीहरुलाई गत कार्तिक ...
: मलेसियाले वैदेशिक रोजगारमा गएका १२ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको भन्दै मलेसियाले उनीहरूलाई निष्कासन गरेको हो। अध्यागमन विभागका अनुसार उनीहरू बिहीबार काठमाडौं आइपुगेका हुन्। 'मलेसियाले डीपोर्ट गरेका उनीहरू बिहीबार काठमाडौं आइपुगेका छन्। अध्यागमन कानुन उल्लंघन गरेको भन्ने छ। तर, कुन कानुन भन्ने कुरा स्पष्ट खुलाइएको छैन,' अध्यागमन विभाग स्रोतले अन्नपूर्णसँग भने। निष्कासनमा ...