मुख्य समाचार
सेभियाले रोक्यो रियललाई
सेभियाले रोक्यो रियललाई

— स्पेनी ला लिगामा सेभियाले शनिबार रियल म्याड्रिडलाई १–१ को बराबरीमा रोकेको छ । यो खेल रियलका पूर्व खेलाडी सर्जियो रामोसका लागि भावनात्मक पनि रह्यो । पेरिस सेन्ट जर्मेन छाडेर अहिले उनी सेभियामा छन् ।

सेभियाले डाविड अल्बाको आत्मघाती गोलको मदतले अग्रता लिएयता डानी कारभेलोले बराबरी खेले । रामोसले सन् २००५ देखि २०२१ सम्म रियलका लागि खेलेका थिए ।

यो नतिजापछि रियल २५ अंकमा शीर्ष स्थानमा रह्यो । शनिबारका अन्य खेलमा एटलेटिको म्याड्रिडले सेल्टा भिगोलाई ३–० ले हरायो र २२ अंकमा दोस्रो स्थानमा उक्लियो । रियल सोसिडाडले भने मार्लोकामाथि १–० को जित निकाल्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आइसीसी यू–१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा शनिबार भएको खेलमा घरेलु टोली युएईले नेपाललाई १३ रनले हरायो । युएईले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय नौ रन मात्रै बनाउन सक्यो ...
: नेपाल क्रिकेट संघ (क्यान)ले हेमन्त धामीको कप्तानीमा यु-१९ टोली घोषणा गरेको छ। एसिया कप खेल्नका लागि क्यानले धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको छ। यसअघि देव खनाल यु-१९ का कप्तान थिए। उनी निरन्तर सिनियर टोलीमा खेल्न थालेपछि धामीलाई कप्तानीको जिम्मा दिइएको हो। त्यस्तै अर्जुन कुमाललाई उपकप्तानको जिम्मेवारी दिइएको छ। टोलीमा आकाश त्रिपाठी, उत्तम रांगु ...
— काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि इंग्लिस क्रिकेटर ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ । इंग्लिस क्रिकेटका अनुभवी डौथवेटले मंसिर १५ देखि हुने एनपीएलमा काठमान्डु गोर्खाजको प्रतिनिधित्व गर्ने भएका छन् । २७ वर्षे मिडियम पेस अलराउन्डर डौथवेटले कार्डिफ मेरिलेबोन क्रिकेट क्लबबाट सन् २०१९ मा प्रथम श्रेणीमा ‘डेब्यू’ गरेका थिए । पछिल्लो समय उनले ...
— म्यानचेस्टर युनाइटेडले बिहीबार यो सिजनको पहिलो युरोपा लिग जित हात पारेको छ । उसले ओल्ड ट्रायफोर्डमा भएको खेलमा ग्रिक च्याम्पियन पीएओकेलाई २–० ले हराएको हो । यो जितमा एमड डिएलोले दोस्रो हाफमा दुई गोल गरे । युनाइटेडमा नयाँ प्रशिक्षकका रूपमा रुबेन एमोरिन भित्रिनु अगाडि यो प्रभावशाली जित हात परेको हो । अर्को इंग्लिस प्रिमियर लिग क्लब ...
— नेपाल प्रिमियर लिग (एनपीएल) कै महँगो टिम पोखरा एभेन्जर्सले पोखरावासीको समर्थन जुटाउन बिहीबार आयोजना गरेको र्‍यालीमा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स सहभागी भए । टिमको मेन्टरका रूपमा आएका उनी क्रिकेटप्रति पोखरावासीको लगाव देखेर उत्साही भए । पोखराको एक चक्कर लगाएर उनले रंगशालास्थित क्रिकेट मैदानको पनि अवलोकन गरे । उनले भारतको धर्मशालामा रहेको रंगशालालाई उत्कृष्ट भनिए पनि पोखरा ...