मुख्य समाचार
इजरायल-हमास युद्ध : मानवीय सहायता सामग्री बोकेका ट्रकहरू गाजा क्षेत्र प्रवेश
इजरायल-हमास युद्ध : मानवीय सहायता सामग्री बोकेका ट्रकहरू गाजा क्षेत्र प्रवेश

— इजरायल-हमास युद्ध सुरु भएपछि पहिलोपटक आपत्कालिन मानवीय सहायता सामाग्रीहरू बोकेका ट्रकहरू गाजा क्षेत्रमा प्रवेश गरेका छन् ।


रोयटर्स, बीबीसी लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले सेतो झण्डासहितका संयुक्त राष्ट्रका गाडीहरू इजिप्टबाट गाजातर्फ क्रसिङ हुँदै गइरहेको देखाइरहेका छन् ।

रातभरको इजरायली हवाई हमलापछि गाजामा पहिलो आपतकालीन सहायता ट्रकहरू शनिबार पुगेका हुन् । इजरायलद्वारा 'पूर्ण घेराबन्दी' भएको १२ औं दिनमा पहिलो सहायता पुगेको रोयटर्सले जनाएको छ ।

इजरायली बमबारीले दर्जनौं प्यालेस्टाइनीको मृत्यु भएपछि बल्ल पहिलो खेपको मानवीय सहायता पुगेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजिप्टसँग गाजाको रफाह सीमा बिन्दुबाट २० वटा सहायता ट्रकहरूका लागि सम्झौता गरेको र पहिलो ट्रकहरू ४८ घण्टा भित्र पास हुने शुक्रबार बताएका थिए ।

प्यालेस्टिनी अधिकारीहरूले इन्धन आपूर्तिहरू मानवीय सहायतामा समावेश नगरेकोमा चिन्ता प्रकट गरेका छन् । हमासले इजरायलमा आक्रमण गरेको दुई साता नाघिसकेको छ । गाजामा त्यसयता ४,००० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले विगत दुई हप्तामा ४ हजार ३ सय ८५ जनाको ज्यान गएको र संयुक्त राष्ट्रसंघले आफ्नो एजेन्सीका १७ कर्मचारी मारिएको जनाएको छ। इजरायलमा हमासले गरेको आक्रमणमा करिब १,४०० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई) का कार्यकर्ता र उनका समर्थकहरूले इस्लामाबादतर्फ मार्च सुरु गरेका छन् । बीबीसीका अनुसार पीटीआईका मानिसहरू खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रबाट इस्लामावाद तर्फ लागिरहेका छन् । इमरान खानको अपीलमा आइतबार प्रदर्शन सुरु भएको थियो। इमरानले यो विरोधलाई ‘फाइनल कल’ नाम दिएका छन् । प्रदर्शन रोक्न प्रहरीले इमरानका ४ ...
। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक हिंसामा ज्यान गुमाउनेको संख्या ८८ पुगेको अस्पताल प्रशासनले जनाएको छ । गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा आक्रमण गर्दा भएको हिंसामा ठूलो हताहत भएको थियो । यस आक्रमणले सिया र सुन्नी समुदायहरू बिच साम्प्रदायिक हिंसा बढाएको छ भने पछिल्ला दिनहरूमा धेरै आक्रमणहरूले मृतकको संख्या ...
। बंगलादेशमा अल्पसंख्यक समुदायको सुरक्षाको माग गर्दै भइरहेको प्रदर्शनको नेतृत्व गरिरहेका हिन्दू समुदायका एक साधुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वरिष्ठ प्रहरी जासुस रेजाउल करिम मल्लिकले एएफपीलाई बताएअनुसार नवगठित हिन्दू समूहका प्रवक्ता चिन्मय कृष्ण दास ब्रह्मचारीलाई ढाकाबाट पक्राउ गरिएको हो । लामो समयदेखि सत्ताको बागडोर सम्हालेकी प्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको अगस्ट क्रान्तिले सत्ताच्यूत गरेपछि १७ ...
। इजरायल र लेबनानबीच युद्धविरामको सम्झौता गर्ने तयारी भइरहेको छ । यसबारे छलफल गर्न इजरायलको मन्त्रिपरिषद् बैठक बस्दै छ । यो बैठकमा ६० दिन युद्धविराम गर्ने र लेबनानको भूमिबाट इजरायली सेना फिर्ता हुने प्रस्तावबारे छलफल हुने बीबीसीले जनाएको छ । इजरायलले लेबनानमा रहेका इरान समर्थित लडाकु समूह हिजबुल्लाहमाथि आक्रमण गर्दै आएको छ । प्रत्युत्तरमा लेबनानले पनि इजरायलमाथि ...
। पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन चर्किएपछि सरकारले सेना परिचालन गरेको छ । भ्रष्टाचार आरोपमा जेलमा रहेका खानलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरुले राजधानी इस्लामावादमा विशाल प्रदर्शन गरेका छन् । उनीहरुलाई रोक्ने प्रयास गर्दा प्रहरीसँग झडप पनि भएको थियो । सोमबारको प्रदर्शन हिंसात्मक बन्दा ६ जनाको मृत्यु भएको छ । १०० भन्दा बढी प्रहरीहरु ...