मुख्य समाचार
ब्याटिङ परीक्षणमा कुशल र दीपेन्द्रको कीर्तिमानी साझेदारी
ब्याटिङ परीक्षणमा कुशल र दीपेन्द्रको कीर्तिमानी साझेदारी

काठमाडौं । विश्वकप छनोटको तयारीका रुपमा हेरिएको त्रिकोणात्मक श्रृंखलाको सुरुको तीन म्याचमा नेपालले टस जित्यो, खेल पनि जित्यो ।

सुरुको दुई खेलमा टस जितेपछि फिल्डिङ रोजेको नेपालले राम्रो बलिङ गर्दै क्रमशः यूएई र हङकङलाई ठूलो स्कोर बनाउन दिएन । अनि सहजै जित हात पार्‍यो । शनिबार हङकङविरुद्ध दोस्रो खेलमा पनि नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेका थिए । तर उनले फिल्डिङ होइन, ब्याटिङ रोजे ।

‘आज च्यालेन्ज लिएको । किनकी दुई गेममा हामी चेज गरेका थियौं, आज डिफेन्ड गर्ने माइन्डसेट थियो,’ खेलपछि कप्तान रोहितले ब्याटिङ रोज्नुको कारण खुलाए ।

मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दा नेपालले सोचे जस्तो सुरुवात गर्न सकेन । नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । दोस्रो ओभरको सुरुमा कुशल भुर्तेल आउट भएपछि सोमपाललाई तेस्रो नम्बरमा क्रिजमा पठाइएको थियो ।

सुरुमा विकेट गएकाले पावर प्लेमा मिडियम पेसरलाई राम्रो खेल्ने भएकाले सोमपाललाई पठाइएको थियो । तर उनी पनि व्यक्तिगत ८ रन बनाएर पाँचौ ओभरको पहिलो बलमा आउट भए । धर्मराएको नेपालको इनिङ्स कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी साझेदारी गर्दै सम्हाले ।

कुशल र दीपेन्द्रले पाँचौ विकेटका लागि १४५ रनको कीर्तिमानी साझेदारी गरे । यो टी–२०आईमै पाँचौ विकेटका लागि भएको सबभन्दा ठूलो साझेदारी हो । यसअघि पाँचौ विकेटका लागि न्यूजिल्याण्डका मार्क च्यापम्यान र जिमी निसमले पाकिस्तानविरुद्ध गत अप्रिलमा अविजित १२१ रनको साझेदारी गरेका थिए ।

हङकङले सुरुमा राम्रो बलिङ गरेपनि यो साझेदारीले हङकङको बलरलाई खेलमा फर्कने कुनै अवसर नै दिएन । ‘सुरुमा अर्ली विकेट गयो, तर दीप्पी दाइ र कुशलको पार्टनरसीप भयो’ दुबै टी–२० को मुख्य खेलाडी भएको भन्दै कप्तान रोहितले भने, ‘जुन हिसाबले उहाँहरुले ब्याटिङ गर्नुहुन्छ । १५–१६ ओभरमा १२० रन बनाए १७०–१८० को लक्ष्य सोचेका थियाैं । तर २१३ रन नै भयो ।’

नेपालले २० ओभरमा ६ विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो । टी–२० आईमा दोस्रो शतक नजिक पुगेका कुशल इनिङ्सको दोस्रो अन्तिम बलमा आउट भए । ४१ बलमा ३ चौका र ९ छक्का मद्दतमा ९२ रन बनाएका उनले पोष्टम्याचमा भने, ‘धेरै पछि यस्तो राम्रो खेल खेल्न पायौं । खुशी छु ।’

कुशलसँग कीर्तिमानी साझेदारी गरेका दीपेन्द्रले पनि ३४ बलमा ६ चौका र २ छक्का प्रहार गरी ५७ रन बनाए ।

२१४ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो । करण केसी, सोमपाल कामी र ललित राजवंशीले राम्रो बलिङ गरे र इनिङ्स भए कुनै पनि बेला हङकङले लक्ष्य भेट्टाउन आश जगाउन सकेन ।

ललितको पुनरागमन

तयारीमा क्रममा प्रशिक्षणमा घाइते भएपछि ललित राजवंशीले १९औं एसियाड गुमाएका थिए । चार सातापछि ललितले हङकङविरुद्ध बलिङ गरे, त्यो पनि पावर प्लेमा ।



यसअघिका दुई खेलमा उनको स्थानमा श्याम ढकालले डेब्यू गर्दै सुरुवाती दुई खेलेका थिए ।

शनिबार भने ललितलाई खेलाइयो । ३ ओभर बलिङ गर्दै १८ रन खर्चेर २ विकेट लिएका ललित चोटपछि कमब्याक सोचे जस्तै भएको बताउँछन् । ‘विकेट लिनु मेरो काम नै हो, चोटपनि कमब्याक सोचे जस्तै भयो’ उनले भने, ‘वर्ल्डकप क्वलिफायर महत्वपूर्ण छ, त्यसका लागि योजना अनुसार खेलिराछौं ।’

प्रतिशको डेब्यु र विकेट

प्रतिश जिसीले हङकङविरुद्ध टी–२० आईमा डेब्यु गरे । उनले यसअघि नेपालका लागि ओडिआईमा डेब्यु गरिसकेका छन् । टी–२० आई डेब्यूमा प्रतिशले विकेट पनि लिए । डेब्यु खेलमा पूरै ४ ओभर बलिङ गर्दै ३० रन खर्चेर १ विकेट लिए ।



उनले दोस्रो अन्तिम बलमा हङकङका हारुन अर्शदलाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गराएका थिए । ‘यो मेरो डेब्यु विकेट हो र मेरो लागि विशेष छ’ देब्रेहाते मिडियम पेसर प्रतिशले आफूले निरन्तर मिहिनेत गरिरहेको र अवसर पाएको बेला प्रदर्शन गर्छु भन्ने सोच राखेर अघि बढेको सुनाए ।

कप्तान रोहित बलिङ युनिटले यो सिरिजमा राम्रो गरिरहेको र शनिबार ब्याटिङको पनि टेष्ट भएको बताए ।

यद्यपि नेपालको ओपनिङ जोडी भने तीनै खेलमा जमेको छैन । कुशल भुर्तेलले सिरिजमा संघर्ष गरिरहेका छन् भने आसिफले सुरुवात राम्रो पाए पनि त्यसलाई ठूलो स्कोर बनाउन सकेका छैनन् । ‘नागरपुरमा दुवै जनाले राम्रो खेलिराथ्यो । यहाँ कन्डिसनमा चाँडै अडाप्ट गर्नुपर्ने अवस्था छ’ खेलपछि रोहितले भने, ‘राम्रो गर्न सक्छ भनेर विश्वास छ ।’

हङकङका अनुभवी ब्याटर बाबर हायतले पनि कुशल र दीपेन्द्रको जोडीले राम्रो खेलेको बताउँछन् । ‘मिडल र लास्टमा हामीले राम्रो बलिङ गर्न सकेनौं । केही क्याच पनि छुट्यो, त्यो लिएको भए खेलमा फरक पर्न सक्थ्यो’ नेपालले ब्याटिङ र बलिङ दुबैमा राम्रो गरेको क्रेडिट उनीहरुलाई जाने बाबरले भने ।

अब नेपालले पर्सि यूएईसँग खेल्नेछ । तर त्यसअघि नै फाइनलमा भने स्थान बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...