: यु-१९ एसीसी प्रिमियर कपको फाइनलमा कप्तान देव खनालले शतक प्रहार गरेका छन्।
मलेसियामा युएईविरुद्ध भइरहेको खेलमा खनालले ९२ बलमा शतक प्रहार गर्दै पेभलियन फर्किएका हुन्। शतक प्रहार गर्दा उनले ९ चौका र ३ छक्का प्रहार गरे।
त्यस्तै अर्जुन कुमालले अर्धशतकसहित ५५ रन बनाएर आउट भए। ७८ बलमा उनले ४ चौका प्रहार गरेका थिए। त्यसअघि दीपक बोहोरा ५ रनमा आउट हुँदा आकाश त्रिपाठी शून्य रनमै आउट भएका थिए।
टस जितेर ब्याटिङ गरिरहेको नेपालले ४० ओभरको खेलमा ४ विकेट गुमाएर २२० रन बनाएर खेलिरहेको छ।