: आइसीसी एक दिवसीय विश्वकपमा अफगानिस्तानले पाकिस्तानविरुद्ध शानदार जित हात पारेको छ। भारतको चेन्नईमा भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हराएको हो।
पाकिस्तानले दिएको २८३ रनको लक्ष्य अफगानिस्तानले एक ओभर अगावै पूरा गर्दै दोस्रो जित दर्ता गराएको छ। अफगानिस्तानका लागि रहमत शाहले अविजित ७७ रन र कप्तान हसमतुल्लाह शहिदीले अविजित ४८ रन बनाए।
त्यस्तै ओपनर ब्याट्सम्यानद्वय रहमुल्लाहले ६५ र इब्राहिमले ८७ रनको योगदान दिए। यससँगै अफगानिस्तान ४ अंकसहित छैटौं स्थान हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ।
यसअघि टस जितेर ब्याटिङ गरेको पाकस्तानले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा २८२ रन बनाएको थियो। पाकिस्तानको लागि कप्तान बाबर आजमले सर्वाधिक ७४ रन बनाए। त्यस्तै अब्दुल्लाह सफिकीले ५८, इमान उल हकले १७, मोहम्मद रिजवानले ८, साउद सकिलले २५, सदाव खानले ४० र इफ्तिखर अहमदले ४० रन बनाएका थिए।