: रकेट र हवाई आक्रमणबाट सुरु भएको इजरायल-हमास युद्ध अहिले रासायनिक हतियारतर्फ अघि बढेको देखिन्छ। इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले दावी गरेका छन् कि अक्टुबर ७ गते म्युजिक फेस्टिभलमा आक्रमण गर्ने हमासका आतंककारीहरूलाई रासायनिक हतियार बनाउन निर्देशन दिइएको थियो।
इजरायली सेनाका अनुसार किबुट्जको संगीत समारोहमा आक्रमण गर्ने केही आतंककारी मारिएका थिए। मारिएका ती आतंककारीको साथबाट रासायनिक हतियार बनाउने सामग्री बरामद भएको थियो। फेला परेको सामानमा 'साइनाइड' पनि फेला परेको थियो। साइनाइड खतरनाक जहर मानिन्छ।
इजरायली राष्ट्रपतिले आतंककारीहरूसँग रासायनिक हतियार हुनु दु:खद भएको बताएका छन्। उनले यसको परिणाम नराम्रो हुने जिकिर गरेका छन्।
उनले हमास आतंककारीहरूबाट रासायनिक हतियार भेटिनुले यसको कनेक्सन अलकायदासँग रहेको दावी गरेका छन्। उनले यो घटनालाई पुष्टि गर्न मिडियाहरूलाई कागजपत्र समेत दिएका छन्।
रासायनिक हतियारहरू ग्यास वा तरल पर्दाथको खतरनाक मिश्रणबाट बनाइएका हुन्छन् जसमा ठूलो मात्रामा विनाश निम्त्याउने क्षमता हुन्छ।
आतंकवादीहरूले रासायनिक हतियार बोकेको यो पहिलो पटक भने होइन।