मुख्य समाचार
विश्वकप २०२३ : नेदरल्यान्ड्समाथि अस्ट्रेलिया ठूलो अन्तरले विजयी
विश्वकप २०२३ : नेदरल्यान्ड्समाथि अस्ट्रेलिया ठूलो अन्तरले विजयी

— कीर्तिमान पाँचपल्टको च्याम्पियन अस्ट्रेलियाले विश्वकप २०२३ मा बुधबार नेदरल्यान्ड्समाथि ३ सय ९ रनको जित निकालेको छ । यो जितसँगै सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलियाको स्थिति बलियो बनेको छ ।

यो जितपछि अस्ट्रेलियाको पाँच खेलबाट छ अंक भएको छ । नेदरल्यान्ड्स भने दुई अंकमै सीमित रह्यो ।

वान डे विश्वकपमा रनको आधारमा यो सबैभन्दा ठूलो अन्तरको जित हो । अरुण जेट्ली क्रिकेट मैदान दिल्लीमा ४०० रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सका लागि ओपनर विक्रमजित सिंहको २५ नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो ।

अस्ट्रेलियाली बलरमध्ये एडम जाम्पाले ८ रन मात्र खर्चेर ४ विकेट लिए । त्यस अगाडि अस्ट्रेलियाले आठ विकेट गुमाएर ३ सय ९९ रन बनाएको थियो र त्यसमा दुईवटा शतक सामेल थियो ।

अस्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले १ सय ४ रन बनाए भने ग्लेन म्याक्सवेलले १ सय ५ रन थपे । म्याक्सवेलले यसका लागि ४४ बलको मात्र सामना गरे र यसक्रममा ९ चौका र ६ छक्का प्रहार गरे ।

म्याक्सवेलले ४० बलमै आफ्नो शतक पूरा गरेका थिए । उनले विश्वकपमा सबैभन्दा तीव्र गतिको शतकको कीर्तिमान पनि बनाएका छन् । उनले दक्षिण अफ्रिकाका एडेन मारक्रमले ४९ बलमा बनाएको विश्वकप शतकलाई उछिनेका हुन् । वार्नरले भने यस विश्वकपमा आफ्नो दोस्रो शतक पूरा गरे ।

वार्नरको ९३ बलको इनिङ्समा ११ चौका र ३ छक्का सामेल थियो । त्यस बाहेक पनि स्टिभ स्मिथले ६८ बलमा ७१ र मार्नस लबुसचेनले ४७ बलमा ६२ रन जोडे ।

डच बलर लोगन भान बिकले ७४ रनमा चार विकेट लिए । बास डे लिडेले १ सय १५ रन खर्चेर दुई विकेट लिए र यो वान डे क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा खर्चिलो बलिङ रह्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...