मुख्य समाचार
नेपालले जित्यो एसीसी यू– १९ प्रिमियर कपको उपाधि
नेपालले जित्यो एसीसी यू– १९ प्रिमियर कपको उपाधि

— नेपाली क्रिकेटले दसैंका लागि सबै खेल प्रेमीलाई मिठो उपहार दिएको छ, एसीसी यू– १९ प्रिमियर कपको उपाधि । नेपालले रोमाञ्चक र सनसनीपूर्ण फाइनलमा यूएईलाई १९ रनले पराजित गर्दै मंगलबार उपाधि जितेको छ ।

मलेसियाको क्वालमपुरस्थित बायुमास ओभल मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि यूएईले २७ ओभरमा १ सय ९८ रनको नयाँ लक्ष्य पाएको थियो ।

त्यसलाई पछ्याउँदै यूएई २६.४ ओभरमा १ सय ७८ बनाएर अलआउट भयो । नेपालले पूरा प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन भएको हो र नेपाल यस उपाधिका लागि पूर्णतः हकदार रह्यो ।

फाइलनमा वर्षा रोकिएपछि यूएईले आक्रामक ब्याटिङ गर्दै नेपाललाई सुरुमा दबाबमा राखेको थियो । तर नेपालले बलिङ र फिल्डिङ दुवैमा सटिक प्रदर्शन गरेको थियो ।

नेपालका आकाश त्रिपाठीले चार विकेट लिए भने सुभाष भण्डारीको नाममा तीन विकेट रह्यो । यूएईका लागि ध्रुव परासरले सर्वाधिक ५६ बनाए । उनले ४४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । आयान अफजल खानले ३० रनको योगदान दिए । यस्तै ओपनर आर्यन्स शर्माले ३२ रन बनाए । वर्षाले खेल रोकिँदा यूएईले दुई विकेट गुमाएर ५० रन बनाएको थियो ।

त्यस अगाडि नेपालका कप्तान देव खनालको शतकको मदतले नेपालले ५० ओभरमा आठ विकेट गुमाएर २ सय ८० रनको स्कोर खडा गरेको थियो । नेपालका लागि देवले कीर्तिमान शतक बनाए । उनले ९२ बलमा सय रन बनाए । उनले नौ चौका र तीन छक्का प्रहार गरे । यो उनको यस प्रतियोगितामै दोस्रो शतक हो भने यू– १९ मा नेपालका लागि तेस्रो शतक हो ।

देव हरित सेट्टीको बलमा समातिए । यसक्रममा उनी यू–१९ मा नेपालका लागि तीन शतक बनाउने पहिलो ब्याटर पनि बने । खराब सुरुआत गरेको नेपालले १४ रन बनाउँदासम्म दुई विकेट गुमाएको थियो । दीपक बोहराले पाँच रन बनाए भने आकाश त्रिपाठीले खाता पनि खोल्न सकेनन् ।

त्यसयता देवले ओपनर अर्जुन कुमालसँग १ सय २५ रनको ठोस सोझदारी गरे । अर्जुनलले ७८ बलमा ५५ रन बनाए र त्यसमा चार चौका सामेल थियो । उत्तर रानामगरले अन्त्यतिर उपयोगी ५७ रन बनाए । उनले ६७ बलमा चार चौका र एक छक्का प्रहार गरे । यस्तै दीपक डुम्रेले २८ बलमा २७ रन थपे ।

यूएईका बलरमध्ये हरित सर्वाधिक सफल रहे र उनले सात ओभर ३६ रन खर्चेर पाँच विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...