मुख्य समाचार
मेटाविरुद्ध अमेरिकी राज्यहरुको संयुक्त मुद्दा, बालबालिकालाई इन्स्टाग्राम र फेसबुक चलाउने कुलत लगाएको आरोप
मेटाविरुद्ध अमेरिकी राज्यहरुको संयुक्त मुद्दा, बालबालिकालाई इन्स्टाग्राम र फेसबुक चलाउने कुलत लगाएको आरोप

— मेटालाई मंगलबार अमेरिकाका तीन दर्जन बढी राज्यहरूले इन्स्टाग्राम र फेसबुकका सुविधाहरू प्रयोग गरेर बच्चाहरूलाई आफ्नो प्लेटफर्ममा जोडिन आकर्षित गरेर कुलत लगाएको आरोप लगाउँदै मुद्दा दायर गरेका छन् । आफ्नो सामाजिक सञ्जाल बालबालिकाका लागि सुरक्षित भएको झुटा दाबी गरेको आरोप उनीहरुले मेटामाथि लगाएका छन् ।

कोलोराडो र क्यालिफोर्निया लगायतका ३३ राज्यले क्यालिफोर्नियाको उत्तरीजिल्लाको लागि संयुक्त राज्य अमेरिकाको जिल्ला अदालतमा संयुक्त मुद्दा दायर गरेका हुन् । फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप र मेसेन्जरको स्वामित्व रहेको मेटाले उपभोक्ता संरक्षण कानूनको उल्लङ्घन गरी बालबालिकालाई गलत रूपमा फसाएर र प्रयोगकर्ताहरूलाई सुरक्षाको बारेमा धोका दिएको दाबी मुद्दामा गरिएको छ । डिस्ट्रिक्ट अफ कोलम्बियार अन्य आठ राज्यहरूले मंगलबार नै मेटा विरुद्ध उस्तै दाबीहरूका साथ छुट्टै मुद्दा दायर गरेका छन् ।

राज्यहरूले दायर गरेको मुद्दामा मेटाको इन्स्टाग्राम जस्ता प्लेटफर्महरूले सुविधा र डिजाइनहरू हेरफेर गर्दै युवा प्रयोगकर्ताहरूलाई मनोवैज्ञानिक रुपमा चलाउन बाध्यकारी बनाउँदै कुलतमा फसाएको दाबी गरेका छन् । कम्पनीका एल्गोरिदमहरू बालबालिका र किशोरकिशोरीहरूलाई विषाक्त र हानिकारक सामग्रीको दुष्चक्रमा धकेल्न डिजाइन गरिएको पनि बताएका छन् । उनीहरुका अनुसार असीमित स्क्रोल र निरन्तर प्राप्त भइरहने अलर्टले युवा प्रयोगकर्ताहरूलाई आफूसँग जोडिरहन बाध्य बनाएको देखिन्छ ।महान्यायाधिवक्ताहरूले मेटालाई संघीय बालबालिकाको अनलाइन गोपनीयता कानूनको उल्लङ्घन गरेको आरोप पनि लगाए, उनीहरूका आमाबाबुको अनुमति बिना बालबालिकाहरूको व्यक्तिगत डेटा गैरकानूनी रूपमा संकलन गरेको आरोप पनि लगाएका छन् ।



'मेटाले युवा र किशोरकिशोरीहरूलाई प्रलोभनमा पार्न, संलग्न गराउन र अन्ततः फन्दामा पार्न शक्तिशाली र अभूतपूर्व प्रविधिहरू प्रयोग गरेको छ,' राज्यहरूले आफ्नो २३३ पृष्ठ लामो मुद्दामा भनेका छन्, 'यसको उद्देश्य नाफा कमाउनु हो ।'

मेटाले आफ्ना एपहरूमा किशोरकिशोरीहरूलाई सुरक्षित वातावरण उपलब्ध गराउन काम गरिरहेको र किशोरकिशोरी र परिवारहरूलाई सहयोग गर्न ३० भन्दा बढी उपकरणहरू ल्याएको बताएको छ।

"हामी निराश छौं कि यस प्रकार किशोरकिशोरीहरूले प्रयोग गर्ने एपहरू उत्पादन गर्ने कम्पनीसँग मिलेर काम गरेर स्पष्ट, उमेर-उपयुक्त मापदण्डहरू सिर्जना गर्न महान्यायाधिवक्ताले यो बाटो रोजेकोमा दुखित छौं,' मेटाले एक विज्ञप्तिमा भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ। ९ चैत, काठमाडौं । ट्विटरको लामो समयदेखि पहिचान थियो- ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो। मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए। त्यसपछि, अमेरिकाको सान ...
— भिडियो सेयरिङ प्लाटफर्म टिकटक बेच्न दबाब दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थपेको समयसीमा सकिन दुई साता मात्रै बाँकी छ । यो अवधिमा टिकटक किन्न ओर्‍याकल, वालमार्टजस्ता ठूला प्रविधि कम्पनी अघि सरेका छन् । तर, स्वामित्वकर्ता चिनियाँ कम्पनी बाइटडान्सले टिकटक बेच्नुभन्दा बरु अमेरिकामा व्यवसाय नै बन्द गर्न ज्यादा रुचि देखाएको छ । योसँगै झन्डै १८ करोड प्रयोगकर्तासहित अमेरिकामा लोकप्रिय ...
— चर्चित प्रविधि कम्पनी नोकियाले चन्द्रमामा फोरजी एलटीई मोबाइल नेटवर्क सञ्चालनमा ल्याएको छ । तर यसबाट फोन कल भने हुन नसकेकोमा कम्पनीले खिन्नता प्रकट गरेको छ । नोकियाले चन्द्रमामा आफ्नो नेटवर्क सञ्चालनका केही महत्वपूर्ण पक्षहरूमा सफलता हासिल गरेको विज्ञप्तिमा जनाएको छ । यसमा चन्द्रमाबाट पृथ्वीमा रहेको ग्राउन्ड स्टेसन र मिसन कन्ट्रोल सेन्टरमा सफलतापूर्वक डेटा तथा ...
— जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् । बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर ...
। दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबोट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। सरकारी एजेन्सीका अनुसार यो एआई मोडेल दक्षिण कोरियाका मानिसहरूका लागि त्यतिबेला मात्र उपलब्ध हुनेछ जब उक्त कम्पनीले देशको व्यक्तिगत डाटा संरक्षण कानुनको पालना सुनिश्चित गर्नेछ । बीबीसीका अनुसार पछिल्लो हप्ता डीपसीक दक्षिण कोरियामा निकै चर्चित बनेको थियो। एप स्टोरबाट लाखौंले यसलाई डाउनलोड गरिसकेका छन्। डीपसीक ...