मुख्य समाचार
राष्ट्रसंघका महासचिव भन्छन्- गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भयो
राष्ट्रसंघका महासचिव भन्छन्- गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भयो

— संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा बिना सर्त दुवै पक्षले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने बताएका छन् । उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूह बिच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको पनि बताएका छन् ।


हमासले अक्टोबर ७ का दिन दक्षिणी इजरायलमाथि अप्रत्यासित आक्रमण गरेर १४ सय नागरिकको ज्यान लिएसँगै इजरायलले विशेष गरेर गाजा क्षेत्रमा आफ्नो जल, थल र वायु सेनाको प्रयोग गरेर निरन्तर आक्रमण गरिएको छ । इजरायलको आक्रमणका कारण हजारौं प्यालेस्टाइन नागरिकको ज्यान जानुका साथै लाखौं घरबार विहिन भएका छन् ।
१५ सदस्यीय राष्ट्र संघको सुरक्षा परिषद्‍लाई सम्बोधन गर्दै गुटेरेसले निर्दोष सर्वसाधारणहरूको अधिकारलाई दुवै पक्षले कुण्ठित पार्न नहुने र यसले द्वन्द्वलाई चर्काउन मात्रै मद्दत पुग्नेमा सचेत रहन समेत आग्रह गरेका थिए । 'हमासले गरेको हमला शून्यतामा भएको होइन भनेर पनि बुझ्न जरुरी छ । प्यालेस्टिनी जनता ५६ वर्षदेखि दमनकारी कब्जामा परेका छन्,' उनले भने ,'तर प्यालेस्टिनी जनताको गुनासोलाई हमासको डरलाग्दो आक्रमणलाई न्यायोचित ठहराउन सक्दैन । र त्यो डरलाग्दो आक्रमणहरूका कारण प्यालेस्टिनी जनता सामूहिक दण्डको भागी हुन सक्दैनन् ।'

इजरायलको नाम नलिइ आलोचना गर्दै गुटेरेसले भने, 'नागरिकहरूको सुरक्षा गर्नु भनेको दश लाखभन्दा बढी मानिसहरूलाई आश्रय, खाना, पानी, औषधि र इन्धन नै नभएको दक्षिणतिर लखेट्नु होइन । र, त्यहाँ पनि आक्रमण र बम विष्फोट गर्न जारी छ ।'

इजरायली अधिकारीहरूले महासचिव गुटेरेसको सम्बोधन प्रति आपत्ति जनाउँदै उनले राजिनामा दिनुपर्ने बताएका छन् । इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिअर हयातले बीबीसीसँग कुराकानी गर्दै महासचिव गुटेरेसले मंगलबार दिएको भाषणलाई 'अपमानजनक' भनेर टिप्पणीसमेत गरेका छन् ।

हयातका अनुसार गुटेरेसको भनाइले आतंकवादलाई बढावा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्यालेस्टिनी समूह हमासले शनिबार गाजा स्ट्रीपबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागु भएपछिको पाँचौं पटकमा तीन जनालाई रिहा गरिएको हो । शनिबार मुक्त भएका ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहाद बेन अमी र ३४ वर्षीय अर लेभी तीनै जना सर्वसाधारण हुन् । हमासले उनीहरूलाई सन् २०२३ को ...
: दिल्ली विधानसभामा भारतीय जनता पार्टी (बिजेपी)ले शानदार जित हासिल गरेको छ। बिजेपीले २७ वर्षपछि दिल्लीमा बहुमत सिट जितेको हो। शनिबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार बिजेपीले ७० मध्ये ४८ सिटमा जित हात पारेको छ। यसअघि निरन्तर दिल्ली सरकार चलाउँदै आएको आम आदमी पार्टी २२ सिटमै खुम्चिएको छ। आपको लज्जास्पद हारमा पार्टीका मुख्य नेता एवं पूर्व मुख्यमन्त्री ...
— भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीमा २७ वर्षपछि सरकार बनाउने भएको छ । गत बुधबार भएको दिल्ली विधानसभा चुनावको प्रारम्भिक मतगणनाअनुसार भाजपाले एकल बहुमत ल्याउने निश्चित देखिएको हो । मतगणनाको पछिल्लो परिणामअनुसार ७० सिटको विधानमभामा भाजपा ११ सिटमा विजयी भइसकेको छ । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले ३९ सिटमा अग्रता कायम गरिहरेको छ । सत्तारूढ आदमी ...
: अमेरिकाको अलास्कामा बिहीबार १० जना सवार चार्टर्ड विमान बेपत्ता भएको थियो। समाचार एजेन्सी एएनआईका अनुसार विमानमा सवार सबै १० जनाको मृत्यु भएको छ। बेरिङ एयरको विमान अलास्काको उनालाक्लीट शहरबाट नोम शहरका लागि उडेको थियो। विमानको भग्नावशेष शुक्रबार नोम विमानस्थलबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको थियो। नोम भोलेन्टियर अग्नि नियन्त्रण विभागले विमानमा नौ यात्रु र ...
— गाजा क्षेत्र नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई अन्यत्र सार्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चौतर्फी विरोध भएको छ । बेलायत, फ्रान्स, रुस, चीन, अस्ट्रेलिया, साउदी अरब, इजिप्ट, टर्कीलगायत देश, प्यालेस्टाइन र प्यालेस्टिनी समूह हमासले ट्रम्पको टिप्पणीको निन्दा गरेका छन् । अमेरिकाको भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजा नियन्त्रणमा लिने अभिव्यक्ति दिएका थिए । ‘अमेरिकाले ...