विश्वकप २०२३ : बंगलादेशलाई हराएर दक्षिण अफ्रिका दोस्रो स्थानमा उक्लियो
विश्वकप २०२३ : बंगलादेशलाई हराएर दक्षिण अफ्रिका दोस्रो स्थानमा उक्लियो

— क्विन्टन डे ककको उत्कृष्ट शतकको मद्दतले दक्षिण अफ्रिकाले विश्वकप २०२३ मा बंगलादेशलाई १ सय ४९ रनको ठूलो अन्तरले पराजित गरेको छ । यो जितसँगै दक्षिण अफ्रिका विश्वकप २०२३ अंक तालिकाको दोस्रो स्थानमा उक्लिन सफल रह्यो ।

दक्षिण अफ्रिकाको पाँच खेलबाट आठ अंक भएको छ । समान आठ अंकमा रहेको न्युजिल्यान्ड भने नेट रनरेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ । अपराजित भारत पाँच खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ ।

मुम्बईको वानखडे स्टेडियममा मंगलबार भएको खेलमा जितका लागि ३ सय ८३ रन पछ्याएको बंगलादेशले ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि महमुदल्लाहले सर्वाधिक १ सय ११ रन बनाए ।

दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा ३ सय ८२ रनको स्कोर खडा गरेको थियो । त्यसमा ओपनर क्विन्टन डे ककले १ सय ७४ रनको शानदार इनिङ्स खेले ।

उनले १ सय ४० बलको सामना गर्दै १५ चौका र सात छक्का प्रहार गरेका थिए । त्यस बाहेक एडिन मारक्रमले ६० तथा हेनरिक क्लासनले ९० रन बनाए । क्लासनले दुई चौका र आठ छक्का प्रहार गर्ने क्रममा ४९ बलको मात्र सामना गरे ।

बलिङतर्फ बंगलादेशका हसन महमुदले २ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...