हमासले बन्धक बनाएका दुई महिला रिहा
हमासले बन्धक बनाएका दुई महिला रिहा

— हमासले इजिप्ट र कतारी कूटनीतिक पहलपछि बन्धक बनाएका दुई महिलालाई रिहा गरेको छ ।‘मानवीय कारण र कमजोर स्वास्थ्य आधार’का कारण रिहा गरिएको जनाएको छ।

प्यालेस्टिनी समूह र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)काअनुसार गाजामा हमासद्वारा बन्धक बनाएका दुई महिलालाई रिहा गरिएको छ।

हमासको सशस्त्र शाखाका प्रवक्ताले कतार र इजिप्टको मध्यस्थतामा दुई बन्दीलाई रिहा गरिएको बताए ।

सोमबार एक विज्ञप्ति मार्फत प्रवक्ता अबु ओबेदाले समूहको टेलिग्राम च्यानलमा बन्दीहरूलाई 'मानवीय कारण र कमजोर स्वास्थ्य आधार' को लागि रिहा गरिएको उल्लेख गरेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले लेखेका छन् ।

दुई बन्धकहरू, ८५ वर्षीय योचेभ लिफसिट्ज र ७९ वर्षीया नुरिट कुपरको रिहाइ आईसीआरसीले पनि पुष्टि गरेको छ।

इजरायलले २ जना बन्धक लिन अस्वीकार गरेको हमासको भनाइ थियो । इजरायलले यसलाई प्रोपोगान्डा भनेको थियो । तर अहिले इजरायलले दुई महिला रिहा भएको पुष्टी गरेको बीबीसीले लेखेको छ । रिहा भएका दुई महिलाका श्रीमान्‍हरु भने अझै बन्धक छन् । हमासले अहिलेसम्म ४ जना बन्धकलाई रिहा गरेको छ ।

हमासले कम्तीमा १९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ ।हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा इजरायली र दोहोरो नागरिक सहित २०० भन्दा बढी मानिसहरूलाई कब्जामा लिएको थियो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा बन्दी बनाएका सबैलाई बिना शर्त रिहा गर्न माग गरेका छन् । मानवअधिकारवादी समूह, अन्तर्राष्ट्रिय संघसंस्था र बन्दी बनाइएका व्यक्तिका परिवारले पनि उनीहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...