मुख्य समाचार
युरोपेली च्याम्पियन्स लिगाम बायर्नसँगै सबै ठूला टिम विजयी
युरोपेली च्याम्पियन्स लिगाम बायर्नसँगै सबै ठूला टिम विजयी

— युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएका समूह चरणका खेलमा सबै ठूला टिम विजयी भएका छन् । समूह ‘ए’ मा आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्ने क्रममा बायर्न म्युनिखले गालातासारेलाई ३–१ ले हरायो । त्यसमा इंग्लिस कप्तान ह्यारी केनले एक गोल गरे र अर्को गोलमा सहयोगी भूमिका निभाए ।

समूहको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एफसी कोपनहेगनलाई १–० ले पराजित गर्‍यो । समूह ‘बी’ मा अर्को इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले सेभियामाथि २–१ को जित रच्यो भने लेन्स र पीएसजी आयनहोभनले १–१ को बारबरी खेले । समूह ‘सी’ मा कीर्तिमान विजेता रियल म्याड्रिड स्पोर्टिङ ब्रागमाथि २–१ ले विजयी रह्यो ।

इटालीको च्याम्पियन नेपोलीले पनि समूहको अर्को खेलमा युनियन बर्लिनमाथि १–० को जित दर्ता गर्‍यो । रियलको जितमा फेरि एकपल्ट जुड वेलिङघमले गोल गरे । यस्तै समूह ‘डी’ मा रियल सोसिडाडले बेनफिकालाई १–० र इन्टर मिलानले आरबी साल्सबर्गलाई १–० कै अन्तरले पराजित गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल क्रिकेट संघ(क्यान) ले महिला तथा पुरुष खेलाडीको वर्गीकरण र मासिक तलब वृद्धि गरेको छ । क्यानको फागुन शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले खेलाडीहरूको वर्गीकरण र तलबवृद्धिको निर्णय गरेको हो । क्यानले पुरुषतर्फ ३० जना र महिला टिमतर्फ १९ जना खेलाडीको वर्गीकरण गरेको छ । पुरुषतर्फ ग्रेड 'ए' मा कप्तान रोहित पौडेल, ...
— भीम सार्की र आरिफ शेख नेपाली क्रिकेटमा एकदिवसीय क्रिकेट संरचनाका लागि विशेष छन् । क्रिजमा डटेर लामो समय खेल्ने भएकाले उनीहरू वर्तमान नेपालको ट्वान्टी–२० संरचनाभन्दा केही बाहिर छन् । क्रिकेट विश्वकप लिग–२ मा उनीहरूलाई आइतबार क्रमशः सातौं र आठौं नम्बरमा ब्याटिङ गर्न पठाइएको थियो । सन् २०२७ को विश्वकप छनोटको आधार रहेको लिग २ को पहिलो शृंखलामा नेपालले ...
— वाफ वुमन्स च्याम्पियनसिपमा नेपालका लागि मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरिरहेकी प्रीति राईले टिमको उद्देश्य जितको यात्रालाई जारी राख्ने बताएकी छन् । साउदी अरेबियाको जेद्दामा भइरहेको प्रतियोगिताको शनिबार सेमिफाइनल समीकरण पूरा भएको छ । त्यसमा नेपालले लेवनानको सामना गर्ने भएको छ । अर्को सेमिफाइनलमा तीनपल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको भेट प्यालेस्टाइनसँग हुनेछ । प्रतियोगिताको समूह ‘बी’ को अन्तिम लिग खेलमा नेपालले ...
— भर्जिल भान डाइकले अतिरिक्त समयको अन्त्यतिर हेडबाट गरेको गोलको मद्दतले लिभरपुलले आइतबार वेम्बलीमा चेल्सीलाई १–० ले पराजित गर्दै नाटकीय रूपमा काराबाओ कपको उपाधि जितेको छ । चोटग्रस्त खेलाडीको समस्याबाट गुज्रिरहेको लिभरपुलले मैदानमा नयाँ र युवा खेलाडीले बाहुल्यता रहेको टिम उतारेको थियो । तर फाइनलको एक मात्र गोल भने अनुभवी कप्तान भान डाइकको नाममा रह्यो र ...
— लुका मोडरिचको उत्कृष्ट गोलको मद्दतले रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा सेभियालाई १–० ले हराएको छ र लिग तालिकाको शीर्षमा आठ अंकको स्पष्ट अग्रता लिएको छ । खेल बराबरीतर्फ अग्रसर भइरहेको स्थितिमा मोडरिचले ८१ औं मिनेटमा गोल गरेका हुन् । यो जितपछि उसको २६ खेलबाट ६५ अंक भएको छ । समान खेलबाट दोस्रोमा रहेको बार्सिलोनाको ...