संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले नै उठाए नेपालको समस्या
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले नै उठाए नेपालको समस्या

: संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको छ। जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे दुबईमा जारी सम्मेलनमा नेपालबारे चर्चा सुरु भएको हो। यस पटकको कोप सम्मेलनमा नेपालले महत्त्वपूर्ण स्थान पाएपछि सरकार पनि हर्षित देखिएको छ।


सम्मेलनको दोस्रो दिन शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो सम्बोधनको क्रममा नेपालको नाम प्राथमिकताका साथ उच्चारण गरे। सम्बोधनको क्रममा गुटेरेसले भने, ‘नेपाल र अन्र्टाटिका पृथ्वीको फरक ध्रुवमा छन्। तर यिनीहरूले भोगिरहेको समस्या भने एउटै छ। नेपाल र अन्र्टाटिका दुवैमा हिँउ पग्लिरहेको छ । यो सबै जलवायु परिवर्तनका कारण भइरहेको हो।’ जलवायु परिवर्तनका कारण विश्वले भोगिरहेको समस्याबारे चर्चा भइरहँदा सम्मेलनमा नेपालले भोगिरहेको समस्याबारे चर्चा हुनुले पनि विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको देखिन्छ।

केही समयपहिले राष्ट्रसंघका महासचिव गुटेरेसले नेपालको भ्रमण गरेका थिए। त्यस क्रममा उनले नेपालका हिमालहरू काला हुँदै गएको र पृथ्वीमा बढेको तापक्रमका कारण हिँउ पग्लिरहेको दृश्य देखेको बताएका थिए। जलवायु शिखर सम्मेलनमा गुटेरेसले नेपालको नाम लिँदै जलवायु परिवर्तनका कारण विश्वले भोगिरहेको समस्याबारे चर्चा गरे। साथै उनले विकसित देशले उत्सर्जन गरिरहेको कार्बनका कारण अल्पविकसित देशहरूले भोग्नु परिरहेको समस्याबारे पनि गम्भीर हुनुपर्ने बताए। नेपाललगायत विश्वका अन्य देशहरूमा रहेका हिमालहरू पग्लिरहेको भन्दै उनले अब हिमालहरूको संरक्षणमा विश्वको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए।

गुटेरेसले सम्बोधनको क्रममा नेपाल र अन्र्टाटिकाको मात्र नाम लिएका थिए। यसले पनि जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको चुनौतीबारे विश्व समुदायले जान्ने मौका पाएको र अब नेपालका मुद्दाहरू सम्बोधन हुने सरकारको विश्वास छ। सम्मेलनमा गुटेरेसले गरेको सम्बोधनपछि नेपाल सरकारले पनि यस पटकको कोप सम्मेलनमा नेपालले महत्त्वपूर्ण स्थान पाएको निष्कर्ष निकालेको हो। सम्मेलनकै क्रममा दुबईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले यस पटकको कोप सम्मेलनमा नेपालको मुद्दाले स्थान पाएको बताए। शुक्रबार दुबईमा नेपालको पेभेलियनमा सम्बोधन गर्दै उनले भने, ‘यस पटकको कोपमा विश्वको ध्यान नेपालले खिचेको छ। जलवायु परिवर्तनसम्बन्धी नेपालका एजेन्डाहरूले स्थान पाउनेमा सरकार आशावादी छ। राष्ट्रसंघका महासचिवले पनि आफ्नो सम्बोधनको क्रममा नेपालको नाम उच्चारण गर्नुभयो। यसले पनि यस पटकको सम्मेलन हाम्रा लागि अवसर हो।’
कोपमा पहिलो पटक नेपालले यसपालि पेभेलियन पाएको भन्दै प्रधानमन्त्री दाहालले खुसी व्यक्त गरे। यस पटक विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको भन्दै उनले यसलाई अवसरमा बदल्न सरकार गम्भीर रूपमा प्रस्तुत हुने जानकारी दिए। ‘मैले राष्ट्रसंघको महासभामा पनि जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको चुनौतीको बारेमा सवाल उठाएको थिएँ’, प्रधानमन्त्री दाहालले भने, ‘यस पटक कोपमा पनि विश्वले नेपाललाई स्थान दिएको छ। नेपालका लागि राम्रो माहोल बनेको छ। एक हिसाबले भन्दा नेपालको एजेन्डा स्थापित भयो। अब यसलाई हामीले अवसरका रूपमा उपयोग गर्नुपर्छ।’

साथै प्रधानमन्त्री दाहालले सम्मेलनमा नेपाल सशक्त रूपमा प्रस्तुत हुने जानकारीसमेत दिए। जलवायु परिवर्तन न्यूनीकरणको सवालमा युवाहरूको भूमिकालाई बढाउन सरकार लागिपरेको भन्दै उनले भावी पुस्ताका लागि अहिले नै काम गर्ने बताए।

यस्तै वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जलवायु परिवर्तन महाशाखाका प्रमुख बुद्धिसागर पौडेलले पनि यसपालिको कोप सम्मेलन नेपालका लागि महत्त्वपूर्ण भएको बताए। सरकार तयारीका साथ सम्मेलनमा सहभागी भइरहेको उनले बताए। ‘हामीले सम्मेलनको नेपालका तर्फबाट विभिन्न ४० वटा सेसन सञ्चालन गर्दैछौं,’ पौडेलले भने, ‘जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका सबालबारे गम्भीर छलफल हुनेछ। यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो।’

उनका अनुसार सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी नेपालका तस्बिर र भिडियोहरू पनि प्रदर्शनीमा राखिने छन्। यसपालि नेपालले हिमालको एजेन्डालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकालले जानकारी दिए। उनले भने, ‘नेपालका हिमाल पग्लिए र यसले तल्लो तटीय क्षेत्रमा जोखिम बढिरहेको छ। त्यसकारण पनि हिमालको संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्छ। यसका लागि हामी विश्वको ध्यान आकर्षित गराउने छौं।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...