। जाओ फेलिक्सले गरेको एक मात्र गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ ।
फेलिक्सले आफ्नै पूर्व क्लब विरुद्ध गोल गर्दा बार्सिलोनाले ३ अंक जोड्न सफल भयो ।
पोर्चुगिज फरवार्ड फेलिक्सले २८औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
यस्तै एट्लेटिकोका मेम्फिस डिपाएले पनि पूर्व क्लब बार्सिलोना विरुद्ध गोल गर्ने अवसर पाएका थिए । तर उनको फ्रिकिक बार्सिलोनाका गोलकिपर इनाकी पेनाले बचाए ।
जितपछि १५ खेलबाट ३४ अंक जोड्दै बार्सिलोना तेस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको रियल मड्रिड र दोस्रो स्थानको जिरोना भन्दा बार्सिलोना चार अंकले पछि छ । १४ खेलबाट ३१ अंक रहेको एट्लेटिको चौथो स्थानमा झरेको छ ।