मुख्य समाचार
राजदूत सोङले प्रधानमन्त्रीलाई सोधे - टिकटक बन्द भूराजनीतिक प्रभाव त होइन ?
राजदूत सोङले प्रधानमन्त्रीलाई सोधे - टिकटक बन्द भूराजनीतिक प्रभाव त होइन ?

: सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो।


टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको एप हो। छोटो-छोटो भिडियोमार्फत् शिक्षा र मनोरञ्जन प्रदान गरेर समाजमा सकरात्मक सन्देश दिन सकिने भए पनि नेपालमा टिकटक अश्लिल हुँदै गइरहेको थियो। सरकारले पनि टिकटकबाट भइरहेको विकृति रोक्न उक्त एप बन्द गरेको बताउँदै आएको छ।

टिकटक बन्द भएपछि औपचारिक र अनौपचारिकरूपमा चिनियाँ अधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सरकारका उच्च अधिकारीसँग सो निर्णयप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री दाहाललाई भेटेरै टिकटक बन्द गर्ने निर्णयबाट आफू दुःखी भएको बताएका थिए। भूराजनीतिक प्रभावले हो वा सामाजिक सद्भाव बिगारेकाले हो ? कुन कारणले नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो भन्नेबारे स्पष्ट हुन नसकेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चिनियाँ राजदूत छन् सोङले भूराजनीतिक प्रभावका कारण नेपाल सरकारले टिकटक बन्द गरेको त होइन भनी प्रधानमन्त्री दाहालसँग प्रश्न गरेका थिए। प्रधानमन्त्री दाहालले भूराजनीतिक प्रभावले नभइ खल्बलिँदै गएको सामाजिक सद्भाव कायम गर्न टिकटक बन्द गर्ने निर्णय लिन सरकार बाध्य भएको चिनियाँ राजदूत सोङलाई जवाफ दिएको स्रोतले बताएको छ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल नियमन गर्न सरकार अग्रसर रहेको र त्यसका लागि बलियो कानुन बनेपछि पुनः सञ्चालनमा ल्याउन सकिने राजदूत सोङलाई आश्वासन दिएका थिए। प्रधानमन्त्री दाहालले जति स्पष्टीकरण दिए पनि टिकटक एप बनाउने चीन भने सरकारको निर्णयलाई लिएर सशंकित बनेको छ।

टिकटक बन्द गर्ने निर्णय भएलगत्तै चिनियाँ अधिकारीहरूले विभिन्न माध्यममार्फत् सरकारसँग असन्तुष्टि पोखिरहेका छन्। टिकटक बन्द गर्ने सरकारी निर्णयको चौतर्फी विरोध भए पनि प्रधानमन्त्री दाहालले सामाजिक सद्भाव बिगारेको र समाजमा विकृति फैलाएकाले टिकटक बन्द गर्नुपरेको सार्वजनिकरूपमै स्पष्टीकरण दिँदै आएका छन्। गत बुधबार चिनियाँ राजदूत सोङले प्रधानमन्त्री दाहाललाई बालुवाटारस्थित उनको सरकारी निवासमा भेट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ। ९ चैत, काठमाडौं । ट्विटरको लामो समयदेखि पहिचान थियो- ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो। मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए। त्यसपछि, अमेरिकाको सान ...
— भिडियो सेयरिङ प्लाटफर्म टिकटक बेच्न दबाब दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थपेको समयसीमा सकिन दुई साता मात्रै बाँकी छ । यो अवधिमा टिकटक किन्न ओर्‍याकल, वालमार्टजस्ता ठूला प्रविधि कम्पनी अघि सरेका छन् । तर, स्वामित्वकर्ता चिनियाँ कम्पनी बाइटडान्सले टिकटक बेच्नुभन्दा बरु अमेरिकामा व्यवसाय नै बन्द गर्न ज्यादा रुचि देखाएको छ । योसँगै झन्डै १८ करोड प्रयोगकर्तासहित अमेरिकामा लोकप्रिय ...
— चर्चित प्रविधि कम्पनी नोकियाले चन्द्रमामा फोरजी एलटीई मोबाइल नेटवर्क सञ्चालनमा ल्याएको छ । तर यसबाट फोन कल भने हुन नसकेकोमा कम्पनीले खिन्नता प्रकट गरेको छ । नोकियाले चन्द्रमामा आफ्नो नेटवर्क सञ्चालनका केही महत्वपूर्ण पक्षहरूमा सफलता हासिल गरेको विज्ञप्तिमा जनाएको छ । यसमा चन्द्रमाबाट पृथ्वीमा रहेको ग्राउन्ड स्टेसन र मिसन कन्ट्रोल सेन्टरमा सफलतापूर्वक डेटा तथा ...
— जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् । बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर ...
। दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबोट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। सरकारी एजेन्सीका अनुसार यो एआई मोडेल दक्षिण कोरियाका मानिसहरूका लागि त्यतिबेला मात्र उपलब्ध हुनेछ जब उक्त कम्पनीले देशको व्यक्तिगत डाटा संरक्षण कानुनको पालना सुनिश्चित गर्नेछ । बीबीसीका अनुसार पछिल्लो हप्ता डीपसीक दक्षिण कोरियामा निकै चर्चित बनेको थियो। एप स्टोरबाट लाखौंले यसलाई डाउनलोड गरिसकेका छन्। डीपसीक ...