गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या पन्ध्र हजार नाघ्यो
गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या पन्ध्र हजार नाघ्यो

गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजराइली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५ हजार पाँच सय २३ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ।


मन्त्रालयका प्रवक्ता असरफ अल–किद्राले पत्रकार सम्मेलनमा स्वास्थ्य सेवाहरू प्रभावित हुँदा प्यालेस्टिनी परिसरमा घाइते मानिसको सङ्ख्या ४१ हजारभन्दा बढी भएको जानकारी दिए।

उनका अनुसार उत्तरी गाजाका अस्पताल आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न असमर्थ भएकाले सयौँ घाइतेको उपचार अत्यन्त सीमित चिकित्सा उपकरणबाट जमिनमा भइरहेको छ।

उनले गाजापट्टीका सबै अस्पतालमा चिकित्सा र शय्या क्षमताभन्दा बढी सेवा प्रवाह गर्नुपर्ने बाध्यताले गम्भीर रोगहरूको उपचार गर्न संसाधनको कमी रहेको बताए।

घाइतेहरूको उपचार विदेशमा गर्ने अनुमति दिने सुस्त व्यवस्थाको आलोचना गर्दै किद्राले इजराइल–हमास युद्ध सुरु भएपछि चार सय तीन मानिसलाई मात्र उपचारका लागि गाजापट्टी छाड्ने अनुमति दिइएको उल्लेख गरे।

चिकित्सा आपूर्ति, औषधि र इन्धनको प्रवाह सुनिश्चित गर्नका लागि सुरक्षित मानवीय मार्गको माग दोहोर्याउँदै उनले घाइते र रोगीहरूलाई सहज उपचारका लागि विदेश जान अनुमति दिन आग्रह गरे। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...