मुख्य समाचार
पर्यटकको रोजाइमा च्छोरोल्पा हिमताल
पर्यटकको रोजाइमा च्छोरोल्पा हिमताल

: दोलखाको गौरीशंकर गाउँपालिका-९ गौरीशंकरमा अवस्थित नेपालको सबैभन्दा ठूलो च्छोरोल्पा हिमताल पर्यटकको रोजाइको केन्द्र बनेको छ।


च्छोरोल्पा हिमतालको दृश्यावलोकनका लागि प्रत्येक वर्ष आन्तरिक र बाह्य पर्यटकहरूको आगमन बढ्ने गरेको छ। गौरीशंकर गाउँपालिकाको रोल्वालिङ उपत्यकामा रहेको च्छोरोल्पा पदयात्राका लागि अति नै रमणीय एवम् रोमाञ्चक स्थलका रूपमा रहेकाले सबैको आकर्षणको केन्द्र बन्दै गइरहेको स्थानीयको भनाइ छ।

काठमाडौंबाट छोटो दूरीमा पर्ने र पदमार्ग पनि सजिला भएकाले पनि पर्यटकहरू बढी च्छोरोल्पा मन पराउन थालेको गौरीशंकर गाउँपालिका-९ का वडाअध्यक्ष ङिमागेली शेर्पाले बताए। चरिकोटबाट छ्योत्छ्योतसम्म गाडीमा र त्यहाँबाट हिडेर सिमीगाउँ हुँदै च्छोरोल्पा पुगेर ४ दिनमै फर्किन सकिन्छ।

वर्षातको समयमा आवतजावत करिब बन्द हुने च्छोरोल्पा हिमतालमा असोज महिनादेखि पदयात्रीको संख्यामा वृद्धि हुन्छ। यो वर्षको असोज कात्तिक महिनामा एक हजार सात सय ७९ जना पुरुष र दुई सय १६ जना महिलाले च्छोरोल्पा हितालको भ्रमण गरेको गौरीशंकर संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसी दाहालले बताए।

समुद्र सतहबाट चार हजार पाँच सय ८० मिटरको उचाइमा रहेको १ सय ३५ मिटर गहिरो र अनुमानित १० करोड घनमिटर पानी रहेको च्छोरोल्पा हिमतालसम्म पुग्ने पदमार्ग २०७२ सालको भूकम्पपछि स्वीस सरकारले पक्की र आकर्षक बाटो बनाइदिइएको छ। अन्य गन्तव्यभन्दा यस क्षेत्रमा रहेका होटलहरूको मेनु सस्तो रहेकाले पनि पर्यटकको संख्यामा वृद्धि आउन सक्ने हिमताल भ्रमण गर्ने यात्रुहरू बताउँछन्।

स्थानीयका अनुसार कोरोना महामारीअघि बाह्य पर्यटकले खचाखच हुने गरे पनि अहिले भने फाटफुटबाहेक खासै बाह्य पर्यटक आएका छैनन्। तर आन्तरिक पर्यटकहरूको भने भीड लाग्ने गरेको छ।

आन्तरिक पर्यटकहरूको भीडले होटल व्यवसायीहरूलाई धान्न हम्मेहम्मे परेको होटल व्यवसायी थुल्डु शेर्पाले बताए। हिमतालको भ्रमण गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। सिमीगाउँबाट सुर्मुचे, डोङाङ, वेदिङ, नागाउँ हुँदै च्छोरोल्पा तालसम्म पुग्न सकिन्छ।

साहसिक पदयात्राका लागि अति नै रमणीय एवम् रोमाञ्चक स्थलका रूपमा प्रख्यात मानिने रोल्वालिङ उपत्यकाको च्छोरोल्पा पुग्दा संसार जितेको महसुस हुने र भ्रमणको क्रममा च्छोरोल्पा भ्रमण नगरे भ्रमण पूरा नहुने च्छोरोल्पा पुगेर आउने आन्तरिक पर्यटकहरूको भनाइ रहेको छ।

बेदिङसम्म राष्ट्रिय प्रसारणको विद्युत लाइनको व्यवस्था भएको र अप्टिकल फाइबर भएको कारण इन्टरनेटको पनि सुविधा हुँदा पर्यटकहरू रमाउँदै यात्रा गर्छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...