मध्य मरुभूमिमा ४०० वर्ष पुरानो रूख
मध्य मरुभूमिमा ४०० वर्ष पुरानो रूख

:रातो बालुवै–बालुवाको मरुभूमि। त्यही मरुभूमिको बीचमा एउटा अचम्मको जीवन्त रूख अर्थात ‘ट्री अफ लाइफ’। तर, त्यही रूख आज सुक्खा मरुभूमिको आशा, भरोसा र सकारात्मक चेतको प्रतीक बनेको छ। यो रूख ४ सय वर्ष पुरानो मानिन्छ मरुभूमिको देश, बहराइनमा।

बहराइनको मरुभूमिको सुक्खा ढिस्कोमा ३२ फिट उचाइ भएको यो रूख ४ सय वर्षदेखि पानी बिनै कसरी बाँचेको होला ? अझै पनि संसार अचम्मित छ। स्थानीय अरबी भाषामा यो रूखलाई ‘शाजरात अल हायत’ नामले चिनिन्छ। पानी नपर्ने र ५० डिग्रीको उच्च तापक्रम भएको गर्मी भइरहने मुलुक बहराइनको सबैभन्दा उचाइमा रहेको ‘जेबेल दुखान’ क्षेत्रमा त्यो एउटा मात्र रूख उभिएको छ। हरिया पातहरू लिएर हाँसेको छ। ३६० डिग्रीमा हाँगा फिजारेर आफूलाई हेर्न आउने पर्यटकलाई शीतलता प्रदान गरिरहेको छ। रूख हेर्न पुग्ने जो कोही केहीबेर रूखको छहारीमा बसेर गर्मी छल्छन्। र, रूखमुनिबाट बहने शीतल हावाले आनन्दित र प्रफुल्लित बन्छन्।

बहराइनको राजधानी मनामाबाट ४० किलोमिटर टाढा रहेको सबैभन्दा अग्लो भूभाग जेबेल दुखानको बालुवाको ढिस्कोमा यो रूख एक्लै ठिङ्ग उभिएको हो। बहराइनको अग्लो स्थान भनिए पनि यो ठाउँ समुद्र सतहबाट जम्मा ४ सय ४० फिट (१३४ मिटर) मात्र रहेको छ। यो रूख भएको वरिपरि अरू कुनै वनस्पति भेटिन्नन्। बरु तेलका कुवाहरूबाट पेट्रोल र ग्यास निकाल्दै गरेका ढिकी जस्ता देखिने चलिरहेका ढिकी मिसिनहरू भेटिन्छन्। जमिनभरि यत्रतत्र तेल र ग्यास बोक्ने पाइपहरू बिच्छ्याइएका छन्।




मरुभूमिको रातो बालुवाघारीमा ४ सय वर्ष पुरानो यो रूख कसरी बाँचिरहेको छ ? अहिलेसम्म पनि वैज्ञानिकहरूले केही भन्न सकेका छैनन्। यद्यपि यो रूखको जरा ५० मिटर गहिराइसम्म फिजिएकाले वर्षको कुनै एक दिन पानी परेको बेला रूखले आफूलाई वर्षौंभरि पुग्ने पानी सोसेर राख्ने र त्यसैले जीवन धान्ने गरेको अनुमान गरिन्छ। धेरै गहिराइसम्म जरा फिजिएकोले समुद्री सतहको पानी पाउने गरेको पनि भन्ठान्छन्। कसैकसैले त कुनै बेला यो स्थानमा भगवानको बगैंचा रहेको र भगवान्ले नै रूखलाई बाँच्नका लागि आवश्यक तत्वहरू पु¥याइदिई रहेको विश्वास पनि गर्ने गरेका छन्। भगवान्को कृपाले उक्त रूखले अलौकिक शक्ति आर्जन गरेको भन्ठान्ने गरेका मान्छेहरू पनि उत्तिकै भेटिन्छन्।

मध्यपूर्वको सबैभन्दा सानो देश हो बहराइन। काठमाडौं उपत्यकाभन्दा अलिकति मात्र ठूलो अर्थात् ७ सय ६० वर्ग किमी क्षेत्रफल। काठमाडौं उपत्यकाभन्दा ९५ वर्ग किमी मात्र ठूलो रहेको बहराइनको जनसंख्या भने मात्र साढे १७ लाख अर्थात् काठमाडौं उपत्यकाको भन्दा आधा जति। वैदेशिक रोजगारमा बहराइन पुगेका नेपालीहरूको जनसंख्या २५ हजारको हाराहारी। त्यसमा पनि २ हजार ५ सय जति महिला।

साउदी अरबको पूर्व, कतारको उत्तर पश्चिम रहेको यो देश अरबियन सागरको बीचमा रहेको टापु देश हो। कुवेत पछिको संसारकै दोस्रो बलियो पैसा भएको देश अर्थात् १ बहराइनी दिनारको ३ सय ५० रुपैयाँ। संसारको शक्तिशाली देश अमेरिकाको १ डलरको जम्मा १ सय ३३ रुपैयाँ मात्र छ।

पुरातत्वसम्बन्धी विभिन्न अध्ययनहरूले उक्त रूख सन् १५८२ मा रोपिएको हुनसक्ने बताइएको छ। यो रूखले संसारभरबाट वार्षिक हजारौं पर्यटकलाई आकर्षित गर्न थालेको छ। आज धेरै बहराइनीहरूले उक्त रूखलाई आफ्नो गौरब, प्राकृतिक पुरातत्विक महत्व र धर्मको आस्थाको रूपमा मान्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...