मुख्य समाचार
एन्सेलोट्टीले दिएको भूमिकामा उडान भर्दै बेलिङ्घम
एन्सेलोट्टीले दिएको भूमिकामा उडान भर्दै बेलिङ्घम

। जुड बेलिङ्घम पछिल्लो गोल्डेन ब्वाय अवार्डको विजेता हुन् । उनले रियल मड्रिडका खेलाडीले बेवास्ता गरेको व्यक्तिगत पुरस्कार पाएका छन् ।

टुटोस्पोर्ट्स डट कम वेबसाइटद्वारा उत्कृष्ट यू-२१ खेलाडीलाई प्रदान गर्ने गोल्डेन ब्वायको पछिल्लो विजेता बन्न सफल भए इंग्ल्याण्डका यी खेलाडी ।

यो अवार्ड २० वर्ष पुरानो छ र रियल मड्रिडले यसै सिजनमा अनुबन्ध गरेको बेलिङ्घमहले युवा उत्कृष्ट खेलकुद लेखक सम्मिलित जुरीको ५० मध्ये ४५ भोट पाए ।

यो अवार्ड सन् २००५ मा लिओनल मेसीले जितेका थिए । यस्तै २०१३ मा पउल पोग्बा र २०१७ मा केलियन एमबाप्पेले जितेका थिए भने एर्लिङ हालान्ड २०२० को विजेता हुन् ।

श्रेय एन्सेलोट्टीलाई

युवा मिडफिल्डर बेलिङ्घमले रियल मड्रिडमा पहिलो सिजनमै शानदार प्रदर्शन गरे । उनले रियलका लागि १७ खेल खेल्दा १५ गोल गरेका छन् ।

रियलमा आफ्नो सफलताको पछाडिको श्रेय उनले प्रशिक्षक एन्सेलोट्टीलाई दिएका छन् । गोल्डेन ब्वाय अवार्ड जित्दा पनि उनले प्रशंसा गरे । ‘यसको श्रेय एन्सेलोट्टीलाई जान्छ । जसले मेरो लागि सही स्थान पत्ता लगाए मैदानमा मलाई धेरै स्वतन्त्रता दिए । अहिले म उडान भर्दैछु’ बेलिङ्घमले भनेका छन् ।

तर बेलिङघमले एन्सेलोट्टी आफूसँग निराश रहेको पनि बताए । उनले आफूलाई भाषाको कठिनाइ परेको पनि बताए । ‘मैले भाषाका कारण अप्रत्याशित बाधाहरूको सामना गरिरहेको छु । यो मेरो लागि गाह्रो छ, म यो स्वीकार गर्दछु । कुनै पनि अवस्थामा, म अधिकतम प्रतिवद्धताको वाचा गर्छु’, बेलिङघमले भनेका छन् ।

२०२४ को गोल्डेन ब्वाय अवार्डको दाबेदार को?

अब सन् २०२४ मा गोल्डेन ब्वाय अवार्ड कसले जित्ला भनेर बेलिङ्मलाई गरिएको प्रश्नमा उनले तीन जनाको नाम लिए ।

‘पहिलो अर्दा गुलेर, जो चोटबाट मुक्त भएका छन् । उनी उत्कृष्ट छन् र प्रशिक्षणमा राम्रो गरिरहेका छन् । त्यसपछि बोरुसिया डर्टमण्डका मेरो पूर्व टिममेट जेमी ब्रानोय गिटेन्स र अन्तिममा मेरो भाइ जोब, जो हाम्रो बुबा जस्तै शुद्ध स्ट्राइकर हुन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...