अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक
अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

: अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा अहिलेसम्मकै धेरै पर्यटकले पदयात्रा गरेका छन्। सबैभन्दा धेरै पर्यटक पुगेको वर्ष सन् २०१९ मा १ लाख ८१ हजार पदयात्रा र भ्रमणका लागि पुगेका थिए। सन् २०२३ मा पर्यटक याम एक महिना बाँकी रहँदा ११ महिनामा सन् २०१९ को पदयात्रामा गएका पर्यटकको संख्याभन्दा ४ सय ८९ बढी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्।


सन् २०२३ मा एक महिना (डिसेम्बर महिना) बाँकी रहँदा अहिलेसम्मकै धेरै १ लाख ८१ हजार ४ सय ८९ पर्यटकले पदयात्रा र भ्रमण गरेको एक्यापका प्रमुख रविन कडरियाले जानकारी दिए। अहिले संरक्षण क्षेत्रमा गएका पर्यटकको रेसियो हेर्दा सन् २०२३ मा जाने पर्यटकको संख्या अझै धेरै बढ्ने उनले सुनाए। सन् २०२३ को नोभेम्बर महिनामा सार्क मुलुकका ९२ हजार ६ सय ९६ र अन्य मुलुकका ८८ हजार ७ सय ९३ पर्यटक पुगेको पनि एक्याप प्रमुख कडरियाले जानकारी दिए। नोभेम्बर महिनामा मात्र यस वर्ष सार्क मुलुकका ५ हजार ५ सय ३९ र अन्य मुलुकका १२ हजार ७ सय ८७ पर्यटकले यात्रा गरेका छन्।


सन् २०२२ मा १ लाख २९ हजार ७ सय ३३ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। सन् २०२२ मा सार्क मुलुकका ६९ हजार २ सय ५३ र अन्य मुलुकका ६० हजार ४ सय ८० जनाले पदयात्रा र भ्रमण गरेका थिए। कोभिड–१९ का कारण सन् २०२१ सबैभन्दा कम १६ हजार १ सय ५ पर्यटक मात्र त्यस क्षेत्रमा पुगेका थिए। त्यो वर्ष सार्क मुलुकका ७ हजार ९३ र अन्य मुलुकका ९ हजार १२ जनाले मात्र संरक्षण क्षेत्रमा पुगेका थिए। सन् २०२० मा १८ हजार ७ सय ९६ जनाले संरक्षण क्षेत्रको यात्रा गरेका थिए। त्यस वर्ष सार्क मुलुकका ४ हजार ९ सय ८८ र अन्य मुलुकका १३ हजार ८ सय ८ पर्यटकले संरक्षण क्षेत्रको यात्रा गरेका थिए।




कोभिड–१९ पछि थला परेको पर्यटन उद्योग हिजोआज पर्यटक धेरै आउन थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटकको आगमन बढ्दै गएकाले पर्यटन व्यवसायीमा उत्साह थपिएको माछापुच्छे« आधारशिविरका पर्यटन व्यवसायी दिलीप गुरुङले बताए। अन्नपूर्ण क्षेत्रमा जाने पर्यटकको संख्या कोभिड–१९ मा जस्ता द्वन्द्वकाल र भूकम्पको समयमा पनि घटेको थिएन। अहिले पर्यटकको आगमन बढेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटकको आगमन बढ्ने विश्वासमा पर्यटन व्यवसायीले होटलमा लगानी बढाएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुनु पर्ने उनले बताए।

संरक्षण क्षेत्रमा जाने पर्यटक बढेसँगै पर्यटकको सुरक्षामा ध्यान दिनुपर्ने टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल पोखराका अध्यक्ष धर्म पन्थीले बताए। अन्नपूर्ण क्षेत्रको वातावरण संरक्षणसँगै त्यस क्षेत्रका होटल, रेस्टुरेन्टलगायत पर्यटकीय पूर्वाधारलाई पनि व्यवस्थित गर्नुपर्ने उनले सुनाए। अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने विदेशी पर्यटकले १८ चैत (अप्रिल १) देखि अनिवार्य रूपमा गाइड (पथप्रदर्शक) लैजानुपर्ने र टिम्स शुल्क पनि अनिवार्य तिर्नुपर्ने नियम लागू भएको छ। पर्यटकको सुरक्षाका लागि यो नियम सुरु भए पनि पर्यटकले गाइड लगे नलगेको टिम्स तिरे, नतिरेको चेक गर्ने चेकपोस्ट भने अहिलेसम्म अन्नपूर्ण क्षेत्रमा राखिएको छैन। यसले नियम लागू हुने तर कार्यान्वयन भए, नभएको चेक जाँच नहुँदा संरक्षण क्षेत्रमा जाने पर्यटक दुर्घटनामा पर्दा उद्धारमा कठिनाइ हुने पर्यटन व्यवसायीले बताएका छन्। यसतर्फ नेपाल पर्यटन बोर्ड उदासीन भएको व्यवसायीको गुनासो छ।

अन्नपूर्ण क्षेत्रमा जाने पर्यटकलाई एक्यापले प्रवेश शुल्क लिने गर्छ। यसैका आधारमा संरक्षण क्षेत्रमा बर्सेनि कति पर्यटक जान्छन् भन्ने तथ्यांक पनि राखिन्छ। पोखरामा कति पर्यटक आए भन्ने तथ्यांक भने राख्ने गरिएको छैन। अनुमानकै भरमा पोखरामा पर्यटक आएको तथ्यांक भन्ने गरिन्छ। संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क मुलुकका पर्यटकलाई एक हजार रुपैयाँ शुल्क लाग्दछ। सार्क बाहेकका अन्य देशका पर्यटकलाई ३ हजार र नेपाली पर्यटकलाई १ सय रुपैयाँ प्रवेश शुल्क लाग्दछ। नेपाली पर्यटकले भने प्रवेश शुल्क तिर्न मान्दैनन्। प्रवेश शुल्क तिरेर पदयात्रामा जाने नेपालीको संख्या भने नगन्य छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...