एडीबीको प्राविधिक सहयोग प्रतिबद्धता
एडीबीको प्राविधिक सहयोग प्रतिबद्धता

: विशेष गरेर एडीबीले भुटान र नेपालमा पहिरो, भूकम्प र बाढीपहिरो, हिमताल विस्फोटलगायतका बहुजोखिमको विश्लेषण गरेर प्राविधिक सहयोग गर्ने भएको छ। यस्ता प्राकृतिक प्रकोपको मूल्यांकन गरी यसले भविष्यको पूर्वाधार विकासका लागि प्रारम्भिक चेतावनी प्रणाली र जोखिम व्यवस्थापनको विकल्पहरू निकाल्न सहयोग पु¥याउने एडीबीको योजना छ।


ध्रुवीय क्षेत्र बाहिरको सबैभन्दा ठूलो बरफ भण्डारको घर, पर्वत क्षेत्रका हिमालयनको पानीबाट प्रमुख १० नदीले पहाडी भेगका २४ करोड मानिस र तराई भेगका १ अर्ब ६० करोडभन्दा बढी मानिसको जीवन निर्वाह गर्दै आएका छन्। यो क्षेत्र विश्वव्यापी औसतभन्दा छिटो तातिरहेको छ। यदि विश्वव्यापी तापक्रम ३ डिग्री सेल्सियसमा बढ्यो भने यो शताब्दीको अन्त्यसम्ममा भुटान र नेपालका ७५ प्रतिशत हिमनदी पग्लन सक्ने अनुमान गरिएको छ। यसले पानीको पहुँचमा धेरै नै तनाव दिन्छ, खाद्य र ऊर्जा सुरक्षालाई खतरामा पार्छ, र महŒवपूर्ण जैविक विविधताको नोक्सान हुन्छ। यसकारण एडीबीले भुटान र नेपाललाई केन्द्रित गरेर जोखिमको विश्लेषण गर्न प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताएको छ।


यसअनुरूप एडीबीले हिमालय क्षेत्रमा जलवायु, प्रकोप जोखिमको मूल्यांकन र व्यवस्थापनको पहल सुरु गरिने भएको हो। एसियाली विकास बैंक (एडीबी)ले संयुक्त अरब इमिरेट्स (दुबई)मा भएको कोप २८ सम्मेलनमार्फत एसियाका पर्वतीय भेग हिमालय क्षेत्रमा बसोबास गर्ने अर्र्बौं मानिसलाई पानीको अभाव हुन नदिन र जीविकोपार्जनलाई सहज बनाउन आइतबार जारी प्रेस विज्ञप्तिमार्फत उद्घोष गरेको छ। यद्यपि एडीबीले एसिया र प्रशान्तको जलवायु बैंकको रूपमा सन् २०१९ देखि सन् २०३० सम्म जलवायु वित्त पोषणमा एक खर्ब अमेरिकी डलर (एक सय बिलियन अमेरिकन डलर) उपलब्ध गराउने लक्ष्य राखेको छ। जसमा अनुकूलनका लागि मात्रै ३४ अर्ब अमेरिकन डलर पनि समावेश छ। सन् २०२२ मा एडीबीले जलवायु वित्तको लागि ७.१ अर्ब अमेरिकी डलर खर्चने प्रतिबद्धता गरेको थियो। जसमा ४.३ अर्ब अमेरिकन डलर न्यूनीकरण र २.८ अर्ब डलर अनुकूलनको लागि समावेश गरेको छ। उक्त जलवायु बैंकले गत वर्ष निजी क्षेत्रबाट थप ५४ करोड ८० लाख अमेरिकी डलर जलवायु वित्तमा परिचालन गरेको थियो।

एडीबीका अध्यक्ष मासात्सुगु असाकावा विश्वकै छत पग्लिरहेको बताउँछन्। उनी भन्छन्, ‘पर्वतको हिमालय क्षेत्र हाम्रो क्षेत्रका एक अर्बभन्दा बढी मानिसको कल्याण र आर्थिक सुरक्षाका लागि महŒवपूर्ण छ। यो हाम्रो पहलले भुटान र नेपाललाई आवश्यक जानकारी प्रदान गर्न र उनीहरूलाई प्रभावकारी जलवायु अनुकूलनमा लगानी गर्न सक्षम बनाउन मद्दत गर्नेछ । जुन अहिले जलवायु जोखिम व्यवस्थापन गर्न जरुरी छ।’

सन् १०८५ देखि सन् २०१४ सम्म पर्वतका हिमालय क्षेत्रमा प्रकोपहरूको परिणामस्वरूप ४५ अर्ब अमेरिकी डलर आर्थिक क्षति भएको थियो। त्यसबेलादेखि, बढ्दो आवृत्ति र प्रकोपका घटनाहरूको छिटोछिटो हुने गरेकाले आर्थिक क्षति भयो र ती घटनाहरूबाट थुप्रै संख्यामा विस्थापित र मृत्युसमेत भयो। यसकारण हामीले तुरुन्तै जलवायु अनुकूलन परियोजनाहरूमा वित्त प्रवाहलाई यो सुनिश्चित गर्नुपर्नेमा एडीबी प्रमुख अर्थशास्त्री डेक्लान म्यागीले जोड दिए। ‘यसका लागि जलवायु र प्रकोप जोखिमहरूको उच्च गुणस्तर र गतिशील मूल्यांकन आवश्यक छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...