— इन्डोनेसियाको सुमात्रामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने आरोहीहरूको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो ।
२० जनाको शव अस्पताल लगिएको छ । अन्य तीनजनालाई बाहिर निकाल्ने प्रक्रिया थालिएको बताइएको छ । कुल ७५ आरोहीमध्ये ५२ जना बाँच्न सफल भएका छन् ।
कतिपय घर फर्किइसकेका छन् भने गम्भीर घाइते १२ जनासहित अन्यको अस्पतालमा उपचार भइरहेको छ । दुई हजार ८९१ मिटर अग्लो हिमाल वरपरका चार जिल्लामा ज्वालामुखी विष्फोट भएको थियो ।