मुख्य समाचार
शक्तिशाली राजनीतिज्ञलाई उछिन्दै टेलर स्वीफ्ट ‘टाइम वर्षव्यक्ति’ घोषित
शक्तिशाली राजनीतिज्ञलाई उछिन्दै टेलर स्वीफ्ट ‘टाइम वर्षव्यक्ति’ घोषित

। गायिका टेलर स्वीफ्टलाई सन् २०२३ फापेजस्तो देखिन्छ । यो वर्ष उनको बहुचर्चित इरास टूरको सुरुआत भयो । उनी यही वर्ष आधिकारिकरुपमा अर्बपति घोषित भइन् ।

फोर्ब्स म्यागजिनले उनलाई यसवर्ष संसारकै शक्तिशाली महिलाको सूचीमा समावेश गर्‍यो । यो सफलतामा गायिका स्वीफ्टलाई प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ को वर्ष व्यक्तिको रुपमा घोषणा गरेको छ ।

उनको इरास टूरले बक्सअफिस रेकर्ड तोड्यो । टिकट मास्टरको साइट नै अवरुद्ध हुँदा यो विषय अमेरिकी संसदमा बहसको विषय समेत बन्यो । उनको यो कन्सर्टलाई अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, जलवायु अभियन्ता ग्रेटा थनबर्ग लगायतले पछ्याएका छन् ।

उनले म्यागजिनलाई भनेकी छन्- मैले अहिलेसम्म महसुस गरेको सबैभन्दा गर्व र खुसीको क्षण हो यो ।’

म्यागजिनका प्रधान-सम्पादक साम ज्याकब्सले अमेरिकी पप आइकन रहेकी स्वीफ्ट आफ्नो कथाको नायक र लेखक दुबै रहेको बताए । ‘स्वीफ्टले सीमाना पार गरेकी छिन् र उनी प्रकाशको स्रोत समेत हुन्’ उनले भने ।

सोमबार टाइम म्यागजिनले उपाधिका लागि नौ उम्मेदवारको छोटो सूची घोषणा गरेको थियो जसमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, बार्बी र हलिउडका चर्चित कलाकार र लेखक थिए ।

यसवर्ष स्वीफ्टको इरास टूरमा आधारित कन्सर्ट फिल्म रिलिज भयो जसले विश्व बक्सअफिसमा २४९ मिलियन डलर कमायो । स्विफ्ट १९८९, मिडनाइट्स, फोकलोर, लभर एन्ड स्पिक नाउको साथमा एकै साथ पाँचवटा एल्बम शीर्ष १० मा समेटिने पहिलो जीवित कलाकार बनिन् ।

उनी सर पल म्याककार्टनी र लियोनेल रिचीलाई पछि पार्दै वर्षको गीतको लागि सात ग्रामी नामांकन प्राप्त गर्ने पहिलो गीतकार बनिन् । उनको भ्रमणलाई स्पोटीफाइ र एप्पल म्युजिकको इतिहासमा सबैभन्दा धेरै स्ट्रिम गरिएको महिला कलाकारको रूपमा नाम दिइएको छ ।

गत महिना उनलाई व्यावसायिक प्रकाशन ब्लूमबर्गले अर्बपति घोषित गरेको थियो जसले उनको कुल सम्पत्ति १.१ बिलियन डलर अनुमान गरेको थियो । अहिले तीन संगीतकर्मी रिहाना, बियोन्से र जे जेड मात्र अर्बपतिको सूचीमा छन् ।

यद्यपि, स्विफ्ट मात्र संगीतमा आधारित अर्बपति हुने पहिलो महिला हुन् । उनका प्रतिस्पर्धी सेलेव्रिटीले फेसन, सौन्दर्य उत्पादन र हाई–फाई उपकरणमा व्यापार उद्यम चलाउँदै आएका छन् ।

फेब्रअरीमा आफ्नो इरास टूरको एसियाली र अष्ट्रेलियाली कार्यक्रम थाल्नुअघि उनी अहिले विश्राममा छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...