मुख्य समाचार
एन्जेलिना जोलीले हलिउड छाड्ने, भन्छिन्- त्यो स्वस्थ थलो हैन, त्यहाँ सामाजिक जीवन छैन
एन्जेलिना जोलीले हलिउड छाड्ने, भन्छिन्- त्यो स्वस्थ थलो हैन, त्यहाँ सामाजिक जीवन छैन

। हलिउड अभिनेत्री एन्जेलिना जोलीको पछिल्लो अन्तर्वार्ताले सानोतिनो तरंग ल्याएको छ । वाल स्ट्रिट म्यागजिनसँगको कुराकानीमा अभिनेत्रीले ब्राड पिटसँगको सम्बन्ध विच्छेद र हलिउड छाड्ने तयारीबारे बताएकी छन् ।

यदि सन् २०२३ बाट अभिनय करिअर थाल्ने तयारी गरिरहेको थिइन् भने सम्भवतः उनले अभिनय करिअर नथाल्ने बताएकी छन् । उनले रंगमंचमा अभिनय गर्नेबारे विचार गरिरहेकी छिन् । पक्कै पनि हलिउडमा जीवन र करिअरलाई अघि बढाउने होइन ।

‘यदि मैले २०२३ बाट करिअर थाल्दै थिएँ भने म म आज अभिनेत्री बन्ने थिइन’ ओस्कर विजेता अभिनेत्रीले भनिन् ।

दुई दशकभन्दा बढी समयदेखि सार्वजनिक चासोमा रहेकी जोली सात वर्षअघि ब्राड पिटसँग सम्बन्धविच्छेद गरेपछि अझ बढी मिडियाको निशानामा परेको देखिन्छ । यो क्रममा उनलाई यति तनाव भयो कि सन् २०१८ मा डिज्नीको सिक्वेल ‘मलफिसिएन्ट : मिस्ट्रेस अफ एभिल’ छायांकनको बेला उनको आवाजमा परिवर्तन देखियो जुन फिल्ममा उनले एक परी खलनायिकाको भूमिका निर्वाह गरेकी थिइन् ।

‘मेरो शरीरले तनावमा धेरै कडा प्रतिक्रिया दिन्छ’ जोलीले भनिन्, ‘मेरो रगतमा चिनीको मात्रा माथि र तल जान्छ । सम्बन्धविच्छेदको ६ महिना अघि अचानक मलाई पक्षाघात भयो ।’



जोलीले पछिल्लो समय लस-एन्जलसमा बस्ने सामाजिक वातावरण नभएको बताइन् । किनभने, उनी बाहिर निस्कँदा पनि अनावश्यक चासो दिइने गरिएको छ । तर, आफ्नोबारे मिडियामा लेखिएका कुरामा उनले त्यति चासो लिँदिनन् ।

जोलीले द वाल स्ट्रिट जर्नल म्यागजिनसँगको आफ्नो अन्तर्वार्तामा अन्ततः लस–एन्जलस छाड्ने र कम्बोडियामा आफ्नो घरमा धेरै समय बिताउने योजना बनाएको बताइन् ।

‘यो मेरो सम्बन्धविच्छेद पछि के भयो भन्ने कुरा हो । मैले स्वतन्त्र रूपमा बाँच्न र यात्रा गर्ने क्षमता गुमाए । जब म सक्छु म सर्छु’, जोलीले भनिन्, ‘म एकदमै समथर ठाउँमा हुर्कें । संसारका सबै ठाउँहरुभन्दा, हलिउड स्वस्थ ठाउँ होइन । त्यसैले तिमी आधिकारिकता खोज्छौ ।’ु

जोलीले सेप्टेम्बरमा भोग म्यागजिनलाई आफूले कमभन्दा कम फिल्म गर्न लागेको बताएकी थिइन् । ‘सात वर्ष पहिले मैले लामो छायांकनको आवश्यकता नपर्ने काम मात्र लिएँ । किन ? धेरै कुरालाई निको तुल्याउनु थियो । अझै पनि हामीले आफूले टेक्ने धरातल खोजिरहेका छौं ।’

ओस्कार विजेताले आफ्नो विशेष समयको किटान त गरिनन् तर, फिल्म नगर्ने उनको सोच र उनको डिभोर्सको समयबीच मेल खान्छ । उनले सात वर्षअघि सेप्टेम्बर २०१६ मा अभिनेता ब्राड पिटसँग विमानमा भएको भनिएको झगडापछि सम्बन्धविच्छेदको लागि निवेदन दिएकी थिइन् ।

जोलीले पछिल्ला दिनमा आफूले कमजोर महसुस गरिरहेको बताएकी छन् । भन्छिन्- मलाई लाग्दैन कि म एक दशकको लागि, एक तरिकामा आफैं भएको छु । जसमा म प्रवेश गर्न चाहन्न ।’

सन् २०१४ मा डिज्नीको सफल श्रृंखला ‘मलेफिसेन्ट’मा काम गरेपछि र सन् २०१५ मा फ्लप ‘बाय द सि’मा पिटसँग काम गरेपछि जोलीको फिल्म यात्राले करिब विश्राम लियो । उनीसँग आठ वर्षयता दुईवटा मात्र मुख्य भूमिका छन्– सन् २०१९ को ‘मलेफिसेन्टः मिस्ट्रेस अफ एभिल’ र सन् २०२१ को ‘दज हु विश मी डेड ।’

वाल स्ट्रिट म्यागजिनले ‘एन्जेलिना जोलीले आफ्नो जीवनलाई पुननिर्माण गर्दैछिन्’ भन्ने हेडलाइनसहित अन्तर्वार्ता प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...