महासचिव गुटेरसले लगाए गाजामा धारा-९९, इजरायल असन्तुष्ट
महासचिव गुटेरसले लगाए गाजामा धारा-९९, इजरायल असन्तुष्ट

— संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले इजरायल-हमास युद्धको गम्भीरतालाई मध्यनजर गर्दै 'यूएन चार्टर'को धारा-९९ लागू गरेका छन् । राष्ट्रसंघीय सुरक्षा परिषद्ले इजरायल र हमासबीच संघर्षविरामसम्बन्धी संकल्प प्रस्ताव पास गर्ने तयारी गरिरहेका बेला महासचिव गुटेरसले धारा-९९ लागू गरेका हुन् ।

१५ सदस्यीय सुरक्षा परिषद्‍का अधिकांश मुलुक युद्धविरामप्रति सहमत देखिए पनि अमेरिका सकारात्मक देखिएको छैन । सुरक्षा परिषद्का स्थायी सदस्यहरू चीन, रुस, अमेरिका, बेलायत र फ्रान्ससँग भिटो पावर छ । अक्टोबर १८ मा अमेरिकाले मानवीय सहायताका आधारमा युद्धविरामसम्बन्धी प्रस्तावमा भिटो प्रयोग गरेको थियो । महासचिव गुटेरसले गत अक्टोबर १८ यता नै गाजामा तत्काल मानवीय आधारमा युद्धविराम हुनुपर्ने बताउँदै आएका छन् ।


महासचिव गुटेरसले आफ्नो कार्यकालमा पहिलो पटक धारा-९९ लागू गरेका हुन् । धारा ९९ राष्ट्रसंघको सबैभन्दा महत्त्वपूर्ण प्रावधान मानिन्छ । बीबीसीका अनुसार राष्ट्रसंघको इतिहासमा यो धारा अहिलेसम्म केवल ९ पटक मात्र प्रयोग भएको छ । पछिल्लो पटक सन् १९८९ मा लेबनानको बेरुतमा सैन्य द्वन्द्व चलिरहेका बेला यो धारा लागू गरिएको थियो । गुटेरसले राष्ट्रसंघका सदस्य मुलुकहरूलाई ध्यान केन्द्रित गर्न पनि धारा-९९ लागू गरेका हुन् । उनले सुरक्षा परिषद्का सदस्य राष्ट्रलाई लेखेका छन्, 'गाजामा रहेका हरेक व्यक्ति गम्भीर संकटबाट गुज्रिइरहेका छन् । अब गाजामा कुनै पनि ठाउँ सुरक्षित छैन।'

संयुक्त राष्ट्रसंघको बडापत्रले महासचिवलाई सीमित अधिकार दिएको छ जसमध्ये धारा-९९ पनि एक हो । धारा-९९ ले महासचिवलाई 'अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा असर पुर्‍याउन सक्ने कुनै पनि विषयलाई सुरक्षा परिषद्को ध्यान केन्द्रित' गर्न सक्ने अधिकार दिएको छ ।

इजरायल भने महासचिव गुटेरसको कदमबाट रुष्ट बनेको छ । राष्ट्रसंघका लागि इजरायली राजदूत गिलाड एर्दानले सामाजिक सञ्जाल एक्समार्फत असन्तुष्टि व्यक्त गरेका छन् । उनले महासचिवले राजीनामासमेत दिनुपर्ने बताएका छन् । उनको आरोप छ, 'आज महासचिव नैतिक पतनको तल्लो स्तरमा पुगेका छन् ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...