मुख्य समाचार
सिटीलाई हराएर भिल्ला तेस्रोमा
सिटीलाई हराएर भिल्ला तेस्रोमा

— एस्टन भिल्लाले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई बुधबार इंग्लिस प्रिमियर लिगमा १–० हराउँदै आफ्नो घरेलु मैदानमा उत्कृष्ट लय कायम राखेको छ । लिभरपुलले भने सेफिल्ड युनाइटेडलाई २–० ले पराजित गर्दै शीर्षमा रहेको आर्सनलसँगको दूरी दुई अंकमा छोट्याएको छ ।

अन्य खेलमा स्टक म्याक टोमानीको दुई गोलको मदतले म्यानचेस्टर युनाइटेडलाई चेल्सीलाई २–१ ले हरायो । फुलहम भने नटिङघम फरेस्टमाथि ५–० को जित निकाल्न सफल रह्यो । भिल्ला पार्कमा लगातार १४ जित दर्ता गर्ने क्रममा लियाने बेलीले एक मात्र गोल गरे ।


यो जितपछि उनाइ एमरीको टिम तेस्रो स्थानमा उक्लेको छ । पेप ग्वार्डिओलाको सिटीले पछिल्लो समय लय गुमाएको छ र लिगका पछिल्ला चार खेलमा जितहीन छ । हारले सिटी र आर्सनलबीचको दूरी पनि ६ अंक भएको छ ।

लिभरपुलको जितमा भने भर्जिल भान डाइकले पहिलो गोल भने डोनिनिक सोबस्लाईले अर्को गोल थपे । यस्तै ब्राइटनले ब्रेन्टफोर्डलाई २–१ र बर्नमाउथले क्रिस्टल प्यालेसलाई २–० हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...