मुख्य समाचार
थप एक नेपाली युक्रेनी सेनाको नियन्त्रणमा, ८ जना युद्धस्थलबाट भागेको रुसको दाबी
थप एक नेपाली युक्रेनी सेनाको नियन्त्रणमा, ८ जना युद्धस्थलबाट भागेको रुसको दाबी

— युक्रेनी सेनाले रुसी सेनामा भर्ती भएका काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाललाई नियन्त्रण लिएको भिडियो सार्वजनिक भएको छ । यसअघि गत असोज २७ गते बर्दियाका २३ वर्षीय विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा छन् । ८ जना नेपालीले युद्धस्थल छोडेर भागेको रुसी रक्षा मन्त्रालयको दाबी छ ।


रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएका ढकाललाई मंसिर १७ गते ‘रेड जोन’बाट नियन्त्रणमा लिइएको हो । युक्रेनको कब्जामा भएदेखि सिद्धार्थसँग सम्पर्क नभएको दाइ नवराज ढकालले कान्तिपुरलाई बताए ।


‘सिद्धार्थलाई आइतबार स्थानीय समयको बिहान ११ बजे युक्रेनको सेनाले लिएर गएको भिडियो पठाइदिएको हो,' नवराजले भने । युद्धस्थलमा घाइते भई उपचाररत एक नेपालीले भिडियो पठाइदिएका थिए । सिद्धार्थ तालिम लिई युद्ध लड्न रेड जोनमा पहिलोपटक गएको नवराजले बताए ।

भिडियोमा सिद्धार्थले आफू सकुशल भएको बताएका छन् । ‘म अहिलेसम्म सकुशल छु । पछि के हुन्छ थाहा छैन,' भिडियोमा सिद्धार्थले भनेका छन्, ‘मैले बुबाआमालाई एकदमै सम्झिएको छु । मेरो उद्धारको लागि सरकारलाई भनेर पहल गरिदिनुहोला ।’

नवराजका अनुसार सिद्धार्थ ५१ दिन अगाडि बायोटेक्निकल एकेडेमीमा अध्ययन गर्न गएका हुन् । उनले सिद्धार्थको कलेज शुल्क दलालले नतिरिदिएपछि रुसी सेनामा भर्ती भएको बताए । ‘भाइको सकुशल उद्धारको लागि परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर आग्रह गरेको छु,' उनले भने ।

यसैगरी रुसको रक्षा मन्त्रालयका अनुसार चेतेन्द्र खड्का, युवराज अधिकारी, लालबहादुर विश्वकर्मा, तिलकबहादुर विश्वकर्मा, दीपक खड्का, लक्ष्मण भट्टराई, जगदीश पहाडी, सुशान्तकुमार राहपाल फरार भएका छन् । यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

उनीहरू तालिम लिई रुसको रोस्तोभ क्षेत्रमा थिए । ती सबैले आधुनिक हतियार चलाएको रुसको दाबी छ । उनीहरु गत १४ अक्टोबरमा रुस पुगेका थिए भने १७ नोभेम्बरबाट सर्म्पकविहीन छन् । नेपाली दूतावासले उनीहरू सम्पर्कमा नआएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत १८ मंसिरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीलाई कतारमा कार्यरत नेपाली श्रमिकलाई २४ घण्टा बिमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गरे । भेटका क्रममा उपराष्ट्रपति यादवले मृत्यु वा घाइते भएका नेपाली श्रमिकको उद्धार र उचित क्षतिपूर्ति उपलब्ध गराउनदेखि विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक ...
: मलेसियाले एकैदिन २६ जना नेपालीलाई निष्कासन गरेको छ। मलेसियाको कानुन उल्लंघन गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको हो। अध्यागमन कार्यालय स्रोतका अनुसार उनीहरू बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्। बटिक एयरलायन्सको विमानबाट उनीहरू काठमाडौं आइपुगेका हुन्। केही महिनाअघि श्रम गरेर मलेसिया पुगेका उनीहरूलाई त्यहाँको अध्यागमनले पक्राउ गरेको थियो। श्रम सम्झौताविपरीत अर्कै कम्पनीमा काम गरेको भेटिएपछि त्यहाँको अध्यागमनले ...
: क्यानडाले दुई जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको हो। निष्कासनमा पर्नेहरूमा कौशिला भुर्तेल र हिमलाल भुर्तेल रहेका छन्। एयर इन्डियाको विमानबाट मंगलबार उनीहरू काठमाडौं आइपुगेका हुन्। पछिल्लो समय अध्यागमन कानुन उल्लंघन गरी निष्कासनमा पर्ने नेपालीको संख्या बढिरहेको छ। केही दिनअघि अमेरिकाले पनि दुई जना नेपालीलाई निष्कासन गरेको थियो।
— अमेरिकाको भर्जिनियास्थित च्यान्टिलीमा भएको कार दुर्घटनामा दुई नेपाली युवाको ज्यान गएको छ । कमाउनका लागि ११ महिनाअघि अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ औली गाउँका सुरेश केसी र पढाइका लागि छात्रवृत्ति पाएर अमेरिका पुगेका बर्दिया मधुवनका २२ वर्षीय विवेक सुवेदीको ज्यान गएको हो । उनीहरूसँगै कारमा सवार अर्का एक युवक घाइते छन् । उनको भने ...
: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ६ नेपालीलाई निष्काशन (डीपोर्ट) गरेको छ। दक्षिण कोरियाको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल 'डीपोर्ट' गरिएको स्रोतले बताएको छ। स्रोतका अनुसार निष्काशन गरिनेहरूमा लक्ष्मण महत, दिलु राना मगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ रहेका छन्। उनीहरूलाई शुक्रबार र शनिबार गरी नेपाल फिर्ता पठाइएको ...