: गाजामा तत्काल युद्धविरामको प्रस्तावको विरोधमा अमेरिकाले भिटो पावर प्रयोग गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को एक मात्र स्थायी सदस्य अमेरिका यस प्रस्तावको विपक्षमा मतदान गरेको हो।
बेलायत भने मतदानमा अनुपस्थित रहेको थियो। फ्रान्सले यो प्रस्तावको पक्षमा मतदान गरेको थियो ।
अमेरिकाको भिटोका कारण युद्धविरामको प्रस्ताव तत्काललाई असफल भएको छ ।
अमेरिकाले उक्त कुरा हतारमा भएको र उचित सल्लाह नलिइएको बताएको छ । अमेरिकाका अनुसार अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको निन्दा गरिएकै छैन ।
यसका प्रतिनिधिले सुरक्षा परिषद्लाई भने, 'अक्टोबर ७ मा हमासले गरेको काम कुनै पनि देशले सहन सक्दैन।' अमेरिकाले यो प्रस्तावको सबैभन्दा असोभनीय पक्ष ‘बिनाशर्त युद्धविराम’को अपील भएको पनि बताएको छ ।
अमेरिकाका अनुसार बिनाशर्त युद्धबिराम गरे हमासले फेरि अक्टोबर ७ मा गरेको काम दोहोर्याउन सक्ने छ। अमेरिकी प्रतिनिधिले भने, 'दुर्भाग्यवश हाम्रा प्राय सबै सिफारिसहरूलाई बेवास्ता गरियो। यो हतारले असन्तुलित समाधान निकालेको छ, जुन वास्तविकताबाट अलग छ।' बीबीसी