आर्थिक अनुशासन ल्याउने काम गर्दैछौं : अर्थमन्त्री
आर्थिक अनुशासन ल्याउने काम गर्दैछौं : अर्थमन्त्री

: अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अनुशासनमा ल्याउने गरी सरकारले काम गरिरहेको बताएका छन्। आवश्यकभन्दा ठूला घोषणाले देशको बजेट त्यता केन्द्रित हुँदा डामाडोल भएको र त्यसको दायित्व तिर्न रिसोर्स कसरी जुटाउने भन्ने अवस्थामा आफू अर्थमन्त्री भएकाले आर्थिक अनुशासन ल्याउने काममा केन्द्रित भएको उनले बताए।


पोखरामा शुक्रबारदेखि सुरु भएको आठौं पर्वतीय फेस्टिभलमा बोल्दै डा. महतले परिवारले जसरी आफ्नो आम्दानीको आधारमा के प्राथमिकता हो त्यो पूरा गरेपछि अरू गरे जस्तै आफू देशको अर्थतन्त्र चलाउन लागेको सुनाए। यसैले कतिपय अनावश्यक सुविधा प्राप्त गरिरहेका सबै आफूसँग रिसाएको पनि उनले बताए। जनताको करको सुरक्षा आफूले व्यक्तिगत आम्दानीभन्दा ज्यादा जिम्मेवार भएर उपयोग गर्नुपर्छ भन्ने मान्यता राखेर काम गरिरहेको उनले बताए।

उनले अर्थतन्त्रले विस्तारै पिकअप लिँदै गरेको बताए। उनले एकथरीले यो देश खत्तम छ भनेर गीत गाइरहेको बताउँदै यस्तो नचाहिँदो गीत गाउन आवश्यक नरहेको उनले बताए।

धेरै वर्षदेखि जम्मा भएको समस्याको पहाडलाई एक धक्कामा निमिट्यान्न पार्छु भनेर नसकिने भएकोले विस्तारै हटाउँदै जानु पर्ने अवस्था रहेकोले त्यसैअनुसार आफू अघि बढेको उनले सुनाए। मौद्रिक क्षेत्रमा व्यापक रूपमा ऋण प्रवाह गरिएकोले ह्वात्तै ऋण बढेको अर्थमन्त्रीले बताए। सहज मौद्रिक नीतिका कारण आन्तरिक ऋणदेखि सबै बढेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...