मुख्य समाचार
के हो कपाल झर्ने ‘एलोपेसिया एरियाटा’ रोग ?
के हो कपाल झर्ने ‘एलोपेसिया एरियाटा’ रोग ?

सामान्यत कपाल झर्ने र उम्रिने क्रम भइरहन्छ । तर, कहिले काहीँ अस्वभाविक रुपमा कपाल झर्न थाल्छ । वा कपाल झरेर ठाउँ–ठाउँमा खाली भाग नै देखिन थाल्छ । यस्तो किन हुन्छ ?

खासमा यो एक समस्या हो, एलोपेसिया अरेटा ।

एलोपेसिया अरेटा हुँदा टाउकोको ठाउँ ठाउँमा खाली हुने गरी कपाल झर्छ । झट्ट हेर्दा गोलाकार रुपमा कपाल झरेको देखिन्छ । यसले टाउकोबाहेक अन्य ठाउँको कपाल एवं रौं पनि झर्न सक्छ । त्यस्तै नङमा समेत यसको असर देखिन सक्छ ।

किन यस्तो हुन्छ ?

सामान्यत हाम्रो शरीरको प्रतिरोधात्मक क्षमताले शरीरको बाह्य तत्वहरुको आक्रमणबाट बचाउँछ ।

तर, केही कारणवस प्रतिरोध रोग (अटोइम्युन डिजिज) लागेमा एलोसेपिया एरियाटा हुनसक्छ । प्रतिरोध रोगमा प्रतिरक्षा प्रणालीले शरीरभित्र भएको तत्व बाह्य जीवाणु ठानेर नाश गर्न थाल्छ । यस्तोमा कपालको जरालाइ पनि वाह्य शत्रु ठानेर मार्न सक्छ । जसकारण गोलाकार हुँदै कपाल झर्न थाल्छ ।

प्रतिरोध रोगमा टाइप- १ मधुमेह, हासिमोटो थायराईडाटिस, रत्तअल्पत्ता र दुबी पर्छन् । तर, यीे सबै समस्या भएकोलाइ एलोपेसिया एरियाटा हुन्छ नै भन्ने हुँदैन । यो समस्यालाई एउटा संकेतको रुपमा पनि लिएर अन्य रोगको पहिचान गर्नुपर्ने हुनसक्छ ।

कसलाई यस्तो हुन्छ ?

प्राय बालबालिका र वयस्कहरुमा यो समस्या देखिन सक्छ । सबैभन्दा बढी असर उचित ढंगले प्रतिरोध विकास भइनसकेको अवस्थामा देखिन सक्छ ।

कसरी थाहा हुन्छ ?

यसको लक्षणको भनेकै कपाल झर्ने हो । कपाल झर्न थालेपछि त्यस ठाउँमा सेतो दाग जस्तो चक्र बन्छ । तर, यसमा दुख्ने र चिलाउने जस्ता लक्षण हुदैनन् ।

केहीमा यो समस्याले पुरै टाउको कपाल झार्न सक्छ । जसलाइ ‘एलोपेसिया टोटालिस’ भनिन्छ । केहीमा कपालको मात्र नभइ आँखीभौ, दाह्रीमा पनि चक्र जस्तो आकार बनेर रौं झर्न सक्छ ।

कतिपयमा शरीरको पुरै कपाल झर्ने समेत हुनसक्छ, जसलाई चिकित्सकिय भाषमा ‘एलोपेसिया युनिभर्सल’भन्ने गरिन्छ । साथै, नङमा परिवर्तन देखिनसक्छ । यद्यपि, सबैमा एउटै खालका लक्षण नदेखिन सक्छ ।

के छ त उपचार ?

एलोसेपिया एरियाटा भएकामध्ये ५० प्रतिशतको कपाल एक वर्षभित्र विना औषधि पुन पलाउन सक्छ । अर्थात थोरै मात्र कपाल झरेको छ र त्यसले आफ्नो व्यक्तित्वमा कुनै असर गरेको छैन भने उपचार गराइरहनु पर्दैन ।

तर, कपाल झर्ने क्रम तिब्र छ र धेरैतिर फैलिएको छ भने उपचार गराउनुपर्छ । तर, दशप्रतिशतमाभने पुरै टाउकोमा फैलिएर ‘एलोपेसिया टोटालिस’ हुनसक्छ । यस्तो अवस्थामा महल्म, खोप र झोल औषधि दिने गरिन्छ ।

‘एलोपेसिया एरियाटा’ पटक पटक आउने, निको हुने क्रमले पनि कतिपयलाई सताउन सक्छ । यस्तो अवस्थामा पनि औषधि उपचार जरुरी हुन्छ ।

यसको सबैभन्दा प्रभावकारी उपचार भनेको स्टोरोयोड नामको खोप लगाउनु हो । यसको क्रिम पनि हुन्ख्छ । यस्तो खोप एक एक महिनाको अन्तरालमा लगाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए