मुख्य समाचार
बिगबोसमा के-पप स्टार अउराको प्रवेश, सलमान खानले गरे स्वागत
बिगबोसमा के-पप स्टार अउराको प्रवेश, सलमान खानले गरे स्वागत

। के-पप स्टार अउरा प्रतिस्पर्धीको रुपमा भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’मा प्रवेश गरेका छन् । शनिबारको एपिसोडमा होस्ट सलमान खानले उनलाई भव्य स्वागतसहित ‘वाइल्ड कार्ड’मार्फत बिगबोसको घरमा प्रवेश गराए ।

खास नाम पार्क-मिन जुन भएपनि अउराको नामले विश्वचर्चित उनी बीटीएस, ब्ल्याकपिंकको हाराहारीका के-पप गायक हुन् । भारत र नेपालमा समेत उनको फ्यान फलोइङ राम्रो छ । सलमानले उनलाई बिग बोसको घरभित्र छिराउनुअघि रोचक गफगाफ गरेका थिए । उनले त्यसबेला सांगीतिक प्रस्तुति पनि दिए ।

सलमानसँगको कुराकानीमा अउराले आफू सिंगल रहेको र उपयुक्त जोडीको खोजी गरिरहेको बताएका थिए । उनले सलमानलाई दक्षिण कोरियाको भाषामा ‘आइ लभ यू’ कसरी भन्ने भनेर पनि सिकाए । सलमानले पनि भारतका घरमा प्रयोग गर्न सकिने हिन्दी वाक्यांशको पाठ सिकाए ।

पिंकभिल्लासँगको अन्तर्वार्तामा अउराले भारतमा रहँदाका रुचिबारे बोलेका छन् । बिग बोसको घरबाट बाहिरिएपछि भव्य पार्टी गर्न मन लागेको उनले बताए । उनलाई बिगबोस १७ को सिजनपछि बलिउडमा के गर्न चाहनुहुन्छ भनेर सोधिएको थियो ।

उनको जवाफ थियो- अवश्य पनि, म पार्टी गर्न चाहन्छु । म ओरीबारे धेरै कुरा सुनेको छु । उसले धेरै पार्टी आयोजना गर्छ भन्ने खबर छ । म पनि उसँग सोही गर्छु ।’ बिगबोसको अहिलेको सिजनमा अंकिता लोखंडे, ऐश्वर्या शर्मा, नील भट्ट, विक्की जैन, मुनावर फारुकी, इशा मालवीय, अभिषेक कुमार, मन्नारा चोपडा र रिंकु धवन लगायतको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...