मुख्य समाचार
नेपाल सुपर लिग : ललितपुरको एक पाइला अर्को चरणमा
नेपाल सुपर लिग : ललितपुरको एक पाइला अर्को चरणमा

— सम्भवतः ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको अर्को चरणमा एक पाइला राखेको छ । त्यो भनेको कि त क्वालिफायर । होइन भने इलिमिनेटर । यसका लागि ललितपुरले धन्यवाद दिनुपर्नेछ, फ्रान्सेली फरवार्ड पापा केबेलाई । आफ्नो जन्मदिनकै अवसर पारेर उनले दुई गोल गरे ।

अनि ललितपुर १० खेलाडीमा सीमित एफसी चितवनमाथि प्रभावशाली जित निकाल्न सफल रह्यो, भलै चितवनले तेर्साएको चुनौती आफैंमा कमजोर थिएन । लिग चरणका बाँकी तीन खेलमा नाटकीय नतिजा बेहोरेन भने ललितपुरलाई अर्को चरण पुग्नबाट रोक्न सकिने छैन् । यो जितसँगै ललितपुर अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ । उसको पाँच खेलबाट नौ अंक भएको छ ।

खेलाडी अक्सनमै भाग्यको साथ पाएको ललितपुर अर्को चरण प्रवेशका लागि बलियो देखिनुका केही ठोस कारण पनि छन् । यसपल्टको प्रतियोगितामा ललितपुर एकै खेलमा तीन गोल गर्ने पहिलो टिम बनेको छ । उसले पाँच खेलमा सात गोल गरेको छ, अरू टिमभन्दा बढी ।

यी सात गोल पनि छ खेलाडीको नाममा, अनि तीन खेलमा क्लिन सिट पनि । ललितपुरले अबका बाँकी खेलमा झापा एफसी, स्पोर्टिङ इलाम र काठमाडौं रेजर्सको सामना गर्नेछ । निश्चित छ, यो स्थितिमा प्रशिक्षक इयान एन्ड्र्यु गिलान खुसी हुने भए नै । उनले खेलपछि भने, ‘पछिल्ला पाँच दिन हाम्रा लागि खुबै राम्रो रह्यो । आजको खेलमा भएका गोल पनि उत्तिकै राम्रा रहे ।’ यी प्रशिक्षक बोल्नमा खुबै सिपालु छन् । उनको अनुसार, यस प्रतियोगिताकै कारण नेपाली फुटबलले राम्रो गरिरहेको छ ।

गिलानले आफ्ना खेलाडी विवेक पौडेलको पनि प्रशंसा गरे । उनलाई लाग्छ, यी मिडफिल्डर स्तर नै बेग्लै छ । ढिलोचाँडो उनी राष्ट्रिय टिममा पनि पर्नेछन् । उनको यो दाबी किन भने विवकेले ५७ औं मिनेटमा अब्बल दर्जाको गोल गरे । चितवनको डिफेन्सले क्लियर गरेको बलमा विवेकले पेनाल्टी एरियाको ठीक बाहिरबाट भलिमा मीठो प्रहार गरे र बलले चितवनका गोलरक्षक विशाल श्रेष्ठलाई कुनै मौका दिएर गोल भएको थियो ।


मोरङका २६ वर्षीय विवेकले पनि विश्वास पोखे, मिहिनेत गर्दै जाँदा राष्ट्रिय टिममा पर्ने छ नै । उनका अनुसार प्रशिक्षणका क्रममा लामो दूरीबाट प्रहार गर्दै गोल गर्ने अभ्यास पनि गरिएको थियो । खेलको पहिलो गोल भने केबेले गरे । उनले दिनेश हेमजनको पासमा वन–टचमा गोल गरे । अनि तुरुन्तै हेमजनतर्फ हातले इंगित गर्दै धन्यवाद पनि दिए । यस्तो किन भन्दा हेमजनले गोलका लागि सटिक पास मिलाएका थिए । केवेको दोस्रो गोल भने दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा निस्केको थियो ।

उनले पेनाल्टीबाट गोल गरेका हुन् । चितवनका उत्सव राईले आदित्य शाक्यलाई लडाएपछि ललितपुरले पेनाल्टीको अवसर पायो, उनी आफैं दोस्रो पहेँलो कार्डसँगै मैदान छाड्न बाध्य रहे । यसको ठीक अगाडि ८९ औं मिनेटमा चितवनले एक गोल फर्काएको थियो । रफिक इमानुले टोरिच जेब्रिनको थ्रु बलमा गोल गरेका हुन् । त्यति बेला लागि रहेको थियो, खेलको नतिजा जता पनि मोडिन सक्छ, तर त्यस्तो केही पनि भएन् । खेलको अन्त्यतिर केबेको एक प्रहार पोस्टमा लागेको थियो ।

यसले पोस्टको दिशा लिएको भए, उनको ह्याट्रिक पूरा हुने थियो । ‘ललितपुरलाई बधाई छ,’ चितवनका प्रशिक्षक मेहराज उद्दिनले इमानदारितापूर्वक भने, ‘मलाई लाग्छ, खेल राम्रो रह्यो । हाम्रा खेलाडीको प्रदर्शनमा गर्व छ ।’ हारले चितवन पाँच खेलबाट पाँचै अंकमा सीमित रहेर छैटौं स्थानमा रह्यो । उसका लागि अबको बाटो पनि सजिलो हुने छैन । चितवन एकै जितमा मात्र सीमित छ र यो समग्रमा ११ खेलमा प्राप्त एक्लो जित मात्रै हो ।

चितवनले विपक्षी टिमलाई सात गोलको अवसर पनि दिएको छ र यसपल्ट सहभागी टिममध्ये चितवन अहिलेका लागि सर्वाधिक गोल खर्चिने टिम पनि हो । तर प्रशिक्षक उद्दिन भने अझै आशावादी छन् । उनी भन्छन्, ‘अब हाम्रा तीन खेल बाँकी छन् र यी सबै खेल जित्नकै लागि खेल्नेछौं ।’ उनले लगातार खेल्दा समस्या भएको गुनासो पनि पोखे । उनलाई लाग्छ, खेलाडीलाई आरामका लागि पर्याप्त समय चाहिन्छ । चितवनले अबका खेलमा धनगढी एफसी, इलाम र झापाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...