मुख्य समाचार
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार

— अर्जुन कुमालले ९१ रन बनाए पनि नेपाल आइतबार एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानसँग पराजित भएको छ । अफगानिस्तानसँग ७३ रनले पराजित भएपछि नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ ।

यूएईमा भइरहेको प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पाकिस्तानले शुक्रबार नेपाललाई पहिलो खेलमा सजिलै ७ विकेटले पराजित गरेको थियो । नेपालले अब मंगलबार भारतविरुद्ध खेल्ने छ ।

दुबईस्थित आईसीसी एकेडेमी मैदान २ मा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा २ सय ६१ रनमा अलआउट भयो । जबाफमा आएको नेपालबाट ओपनिङ ब्याटर अर्जुनले उत्कृष्ट इनिङ्स खेले पनि अन्यबाट गतिलो साथ नपाउदा नेपाल दोस्रो खेलमा पनि पराजित हुन पुग्यो । नेपालको इनिङ्स ४०.१ ओभरमा १ सय ८८ रनमा समेटियो ।

अर्जुनको इनिङ्स यू–१९ एसिया कप क्रिकेट इतिहासमा नेपाली ब्याटरको उच्च स्कोर हो । दीपेन्द्रसिंह ऐरीले २०१६ मा श्रीलंकाविरुद्ध कोलम्बोमा बनाएको ९० रन नेपाली ब्याटरको यू–१९ एसिया कपमा यसअघिको उच्च स्कोर हो ।्

आउट हुने अन्तिम खेलाडी अर्जुनले १ सय ८ बल खेल्दै १३ चौका प्रहार गरे । कप्तान देव खनालले ३७ बल खेली १ चौकासहित २४, गुल्शन झाले दुई छक्कासहित १७, दीपक बोहराले १५ र दीपेश कँडेलले ११ रन बनाए । अफगानिस्तानका फारिदुन दावुदजाई र नासिर खानले ३–३ विकेट लिए ।

यसअघि अफगानिस्तानबाट जम्सिद जादरानले अविजित १ सय ६ रन बनाएका थिए । प्रतियोगिताको यो पहिलो शतक थियो । क्राम्प भएका कारण अन्तिममा रिटायर्ड आउट भएका उनले १ सय ५२ बल खेली ८ चौका प्रहार गरे । नुमन शाहले ४१ बल खेली ५ चौका र ३ छक्कासहित ६० तथा रहिमुल्लाह जुर्मातीले ३५ रन बनाए ।

नेपालबाट गुल्शन झा, सुवास भण्डारी र हेमन्त धामीले २–२ तथा दीपेश र आकाश चन्दले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...