मुख्य समाचार
उपचारमा नयाँ आयाम : अमेरिकामा 'जीन एडिटिङ थेरापी'लाई औपचारिक अनुमोदन
उपचारमा नयाँ आयाम : अमेरिकामा 'जीन एडिटिङ थेरापी'लाई औपचारिक अनुमोदन

— गत शुक्रबार अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले इतिहासमै पहिलोपटक मानवमा गरिने 'जीन एडिटिङ थेरापी'लाई अनुमोदन गरेको छ । एफडीएले सिकल सेल नामक रगतको वंशाणुगत रोगको उपचारका लागि यसको स्वीकृति दिएको हो ।


जीन एडिटिङ थेरापी'ले स्वीकृति पाएसँगै यसले सिकल सेल एनिमियाका साथै बेटा थालसिमिया भएका बिरामीको उपचारमा नयाँ आयाम थपेको छ । थालसिमिया र सिकल सेल एनिमिया रोग अन्य मुलुकसँगै नेपालमा विषेश गरी पश्चिमका थारु समुदायमा व्याप्त छ ।

एकल उत्परिवर्तित जीनको कारणले हुने रगत विकारले गर्दा रातो रक्तकोषको आकार परिवर्तित भएर गोलो नभइ हँसिया आकारको हुन्छ । यसले गर्दा शरीरमा अक्सिजनयुक्त रगतको सन्तुलित प्रभाव हुँदैन र बिरामीमा विभिन्न दुष्प्रभाव देखिन्छन् ।

यसका साथै एफडीएले सिकल सेलकै उपचारका लागि जीन सम्पादन नगरी परम्परागत जीन थेरापी कै प्रयोग गरेर गरिने दोस्रो उपचारलाई पनि अनुमोदन गरेको छ । यी अनुमोदनहरूले अन्ततः बिना पीडा बाँच्ने चाह भएका सिकल सेलका बिरामीहरूलाई आशा प्रदान गरेको छ । संयुक्त राज्यको नियामक निकायले भने नोभेम्बर १६ मै जीन सम्पादन थेरापीलाई अनुमोदन गरेको थियो ।

'जीन एडिटिङ थेरापी'ले स्वीकृतिले अनुमति पाएसँगै यसले सिकल सेल एनिमियाका साथै बेटा थालसिमिया भएका बिरामीको उपचारमा नयाँ आयाम थपेको छ । तर, यो उपचार पद्धति निकै नै महँगो रहेको छ । जसले गर्दा यसको सबैभन्दा बढी आवश्यकता रहेका बिरामीहरूको पहुँचमा यो कहिलेसम्म पुग्न सक्छ भन्ने चुनौती भने कायमै छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरे अनुसार हाल 'जीन एडिटिङ थेरापी'को मुल्य करिब २९ करोड नेपाली रुपैयाँभन्दा बढी पर्छ भने परम्परागत जीन थेरापीको ४१ करोड नेपाली रुपैयाँभन्दा बढी पर्छ ।


निजामती कर्मचारी अस्पतालका शैक्षिक निर्देशक एवं बोनम्यारो प्रत्यारोपण विशेषज्ञ प्राध्यापक डा. विशेष पौड्यालका अनुसार 'जीन एडिटिङ थेरापी'ले अमेरिकामा औपचारिक रुपमा नै स्वीकृति पाउनु उत्साहित कुरा हो ।

'यो विधामा काम गरिरहेका हामी जस्ता सयौं चिकित्सकका लागि यो उत्साहप्रद समाचार हो,' उनले भने, 'तर, यो प्रविधि तत्काल नेपाल जस्तो गरिब मुलुकका बिरामीको पहुँचबाट धेरै टाढा रहेकोमा म व्यक्तिगत रुपमा दु:खी छु । नेपाली बिरामीको पहुँचमा यो उपलब्धि आइपुग्न समय लाग्छ ।' उनले आफूहरूले नेपाल सरकार र अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगमा नेपालमा पनि परीक्षणकै रुपमा भएपनि जीन थेरापीलाई भने सुरु गर्ने प्रयास गरिरहेको पनि बताए ।

'हामीले अहिले जीन थेरापीलाई थालसमियाका बिरामीको उपचारका लागि परीक्षणकै रुपमा भएपनि अगाडि बढाउनका लागि प्रयास गरिरहेका छौं । त्यसमा सकारात्मक प्रतिक्रियाहरु पनि प्राप्त भइरहेको छ,' उनले भने, 'तर यो पर्याप्त हुँदैन ।' उनका अनुसार निजामती कर्मचारी असस्पतालले अमेरिकाको सेन्ट ज्यूड अस्पतालसँगको सहकार्यमा नेपालमा नै जीन थेरापीको परीक्षण गर्ने तयारी गरिरहेको हो । 'हामी यो तयारीको अन्तिम अवस्थामा छौं । यसका लागि सरोकारवाला सबै पक्षको सहयोग चाहिन्छ । जुन प्राप्त पनि भइरहेको छ,' उनले भने, 'आशा गर्ने ठाउँ भने छ ।'

प्राध्यापक डा. पौड्यालका अनुसार मलेसिया र भारत जस्ता एसियाली मुलुकले पनि आफ्नै तत्परतामा देश भित्र नै 'जीन एडिटिङ थेरापी'लाई अगाडि बढाइरहेको सन्दर्भमा विदेशमा रहेर यसै विषयमा विज्ञता हासिल गरेका नेपालीहरूले सहयोग लिएर नेपालमा पनि यसलाई अगाडि बढाउन अब ढिला गर्नु हुन्न ।

'अमेरिकाको धेरै सानो जनसंख्यामा मात्र सिकलसेल रोग छ । तर हाम्रोमा सिकलसेलका साथै बेटा थालसिमियाले एउटा पुरा समुदायलाई नै पिरोलेको छ,' उनले भने, 'एसिया र अफ्रिकामा सिकल सेल र बेटा थालसिमियाको प्रिभेलेन्स धेरै छ । त्यसैलै उपचारको आवश्कता पनि धेरै हुने नै भयो । एकै प्रकारको रोग लागे पनि एउटा देशको नागरिकले सहज जीवनयापन गर्न पाउने र गरिब देशकोले नपाउने अवस्थाको अन्त्य गर्न हामीले पनि आफ्नै तवरबाट प्रयासको सुरुवात गर्न जरुरी छ ।'

उनका अनुसार यस प्रकारको नविनतम उपचार पद्धतिलाई प्रयोग गरेर देशमा रहेका बिरामीको उपचार गर्ने हो भने पहिला त सरकार नै गम्भीर हुन जरुरी छ । 'देशभरमा रहेका रगतका बिरामीका लागि अहिले निजामति कर्मचारी अस्पतालमा बोनम्यारो प्रत्यारोपण गर्नु परे दुईवटा मात्रै बेड छ । यसैबाट जीन एडिटिङ पनि गर्न सकिन्छ भन्नु त मुर्खता नै हुन्छ,' उनले भने, 'सरकारले गम्भिरतापूर्वक प्राथमिकिकरण गर्न सक्नुपर्छ ।'

अमेरिकी सञ्चार माध्यमले उद्धृत गरेका विषय विज्ञहरुका अनुसार पनि 'जीन एडिटिङ थेरापी' वा 'जीन थेरापी' उत्साहप्रद र चमत्कारिक उपचार पद्धतिका रुपमा अगाडि आएर बिरामीहरूमा आशा जगाए पनि यसका चुनौतीहरु धेरै छन् । पहिलो त यसलाई प्रदान गर्न अधिकार प्राप्त अस्पतालहरुको संख्या नै सीमित छन् । दोस्रो प्रत्येक बिरामीको कोषहरू सम्पादन गर्न वा व्यक्तिगत रूपमा जीन थेरापी प्रदान गर्न पनि कठिन छ । तेस्रो बिरामीलाई प्रदान गर्ने प्रक्रिया आफैंमा यति चुनौतीपूर्ण छ कि यसलाई सबैको शरीरले नधान्न पनि सक्छ । चौथो भनेको यो अत्यन्तै महँगो छ जुन कुनै पनि सामान्य बिरामीको हैसियतभन्दा बाहिरको विषय हो ।

'एक्सा-सेल' नामक जीन एडिटिङ थेरापीलाई बोस्टनस्थित भर्टेक्स फार्मास्युटिकल्स र स्वीस क्रिस्पर थेराप्यूटिक्सले संयुक्त रुपमा 'कासगेभी' ब्रान्ड नाम दिएर विकास गरेको हो । यसले बिरामीहरूको डीएनए काट्नको लागि नोबेल पुरस्कार-विजेता जीन सम्पादन प्रविधि 'क्रिस्पर'को प्रयोग गर्दछ। यो पद्धतिबाट उपचारका लागि बिरामीहरूलाई महँगो र गहन सघन चिकित्सा हेरचाह र लामो अस्पतालमा बसाइको आवश्यकता हुन्छ । भर्टेक्सले आफूले विकास गरेको उपचार पद्धतिको मुल्य २२ लाख अमेरिकी डलर तय गरेको छ । भर्टेक्सको यो पद्धति प्रयोग गरेर अमेरिकाकै भिक्टोरिया ग्रे नाम गरेकी एक युवतीको सफल उपचार समेत भइसकेको छ । उनमा परीक्षणका रुपमा २०१९मा यो प्रविधि प्रयोग गरेर उपचार गरिएको थियो । उनी हाल पूर्ण रुपमा स्वस्थ छिन् ।

'लिफजेनिया' भनिने जीन थेरापी भने अमेरिकाको म्यासच्युसेटको सोमरभिलस्थित ब्लुबर्ड बायोले विकास गरेको हो । यस उपचार पद्धतिको भने ३१ लाख अमेरिकी डलर पर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले अस्पतालहरूको वर्गीकरण गर्ने प्रक्रियालाई अघि बढाएको बताएका छन्। काठेखोला गाउँपालिका-६ बिहुँको नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री पौडेलले अस्पतालको वर्गीकरण गरेर सेवा सुविधा थप गर्ने बताए। ‘अहिले अस्पतालको वर्गीकरण गर्ने प्रक्रियालाई अघि बढाएका छौं,’ मन्त्री पौडेलले भने,‘सबै अस्पतालमा एमआरआई, सिटी स्क्यान चाहिने हो की होइन ? त्यसका लागि ...
— स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पताल भवन मात्रै नभई सेवा प्रवाहका लागि उपकरण र जनशक्ति चाहिने बताएका छन् । हालै निर्माण गरिएको बागलुङको काठेखोला गाउँपालिका–६ स्थित पाँच श्ययाको बिहुँकोट आधारभूत अस्पतालको आज उद्घाटन कार्यक्रममा उनले देशभर हालै बनेका ४७ वटा भवनबाट सहज सेवा प्रवाहका लागि त्यहाँ जनशक्ति र उपकरण व्यवस्थापनमा सरकारको ध्यान जाने बताएका हुन् ...
। ललितपुर महानगरपालिकामा किसानले पालेका बङ्‍गुरमा ‘स्वाइन फिभर’ देखिएको छ । महानगरपालिका अन्तर्गत २२ नम्बर वडास्थित चुनिखेल, नख्खु करिडोर क्षेत्रका किसानले पालेको बङ्‍गुर/सुँगुरमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो । ‘२५ कात्तिकमा केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर रिर्पोट अनुसार सो क्षेत्रका किसानले पालेका बङ्‍गुर र सुँगुरमा स्वाइन फिभर’ पुष्टि भएको हो,’ महानगरले जारी गरेको ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन्। नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले संसारमा खोज र अनुसन्धानबाट पत्ता नलाग्ने र इमानदार तथा लगनशील भएर काम गरेमा ...
। प्रहरीले नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा कार्यरत एक जना चिकित्सकलाई पक्राउ गरेको छ । सहकर्मी डाक्टरले नै यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी वृत्त, बानेश्वरले जनाएको छ । कार्यस्थल एउटै हुँदा पीडितको परिचय खुल्नसक्ने भएकाले प्रहरीले पक्राउ पर्ने डाक्टरको नाम खुलाएको छैन । बानेश्वर प्रहरीका एक अधिकृतले यो घटना ...