खाली घरको कर बढाउँदै अष्ट्रेलिया सरकार
खाली घरको कर बढाउँदै अष्ट्रेलिया सरकार

सिड्नी : अस्ट्रेलिया सरकारले भाडाको संकट कम गर्ने प्रयासस्वरूप विद्यमान घरका विदेशी खरिदकर्तालाई शुल्कमा नाटकीय वृद्धि गर्ने घोषणा गरेको छ।


अष्ट्रेलियामा भाडामा कोठा पाउन कठिन बनेपछि लेबर पार्टीले खाली घर नराख्न प्रोत्साहन गर्न र कोठा भाडा पाउने अवस्थालाई सहज बनाउन नयाँ वर्षको सुरूमा नै नयाँ कानुन ल्याई घरका विदेशी खरिदकर्ताले घरलाई खाली राखेमा बढी कर तिनुपर्ने व्यवस्था गर्न लागेको हो।

घर निर्माण घट्दै जाँदा सेप्टेम्बर ३० सम्मको अवधिमा भाडाको मूल्य १४ वर्षयताकै सबैभन्दा तीव्र स्तरमा अर्थात् ७.६ प्रतिशतले बढेको छ। कोषाध्यक्ष जिम चाल्मर्सले भने, ‘अस्ट्रेलियाको ग्रामिण क्षेत्रमा धेरै घरहरू खाली छन्। तर कोठाभाडा पाउन कठिन हुने गर्छ।’

स्काई न्यूजसँगको अन्तर्वार्तामा उनले भने, ‘अष्ट्रेलियालीहरूका लागि पर्याप्त आवासीय भवन उपलब्ध छैन।’ सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी उपायहरूले विदेशीहरूलाई विद्यमान स्टक किन्नुको सट्टा नयाँ आवास विकासमा लगानी गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ।’

अष्ट्रेलियामा बसोबास नगरेसम्म विदेशीहरूले पहिले नै स्थापित घरहरू किन्न प्रतिबन्ध लगाएका छन्, र उनीहरूले सामान्यतया घर छोड्दा घरलाई बेच्नु पर्दछ। ६ महिनाभन्दा बढीको लागि घर खाली राखेमा निर्माणसम्पन्न घरहरूका विदेशी मालिकहरूले एक उच्च वार्षिक अतिरिक्त शुल्क तिर्नुपर्ने हुनेछ।

त्यो शुल्क (हाल विदेशी लगानी शुल्कको समान) नयाँ योजना अन्तर्गत दोब्बर हुनेछ। यसको समग्र प्रभाव विद्यमान घरहरू खाली छोड्ने विदेशीहरूका लागि वार्षिक शुल्कमा ६ गुणा वृद्धि हुनेछ।

तथापि, यो स्पष्ट छैन कि अष्ट्रेलियामा रहेका घरहरूको विदेशी स्वामित्व भाडा बजारका लागि ठूलो समस्या हो। अस्ट्रेलियाका अर्थमन्त्रीका अनुसार स्थापित घरका विदेशी मालिकहरूबाट लगाइएको खाली घरका लागि शुल्कले वार्षिक करिब ५० लाख अष्ट्रेलियन डलर मात्र उठाउँछ। - एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...