मुख्य समाचार
आर्थिक क्षेत्रका सूचकहरू सकारात्मक देखिएका छन् : अर्थमन्त्री
आर्थिक क्षेत्रका सूचकहरू सकारात्मक देखिएका छन् : अर्थमन्त्री

: अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक क्षेत्रका सूचकहरू सकारात्मक बन्दै गएको बताएका छन्। बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले उत्पादन र रोजगारी वृद्धिमा केही समय लाग्ने भएपनि लामो समयको प्रयासपछि अर्थतन्त्रमा सुधार देखिन थालेको दावी गरेका हुन्।


उनले मौद्रिक नीतिबारे विशेष छलफल भइरहेको जानकारी दिए। पछिल्लो समय राजश्व परिचालनमा सुधार आएको भन्दै अर्थतन्त्रबारे विगतमा फैलाइएका नकारात्मक धारणाहरू विस्तारै परिवर्तन हुँदै गएको बताए।


अर्थमन्त्री महतका अनुसार पुँजीगत खर्च ६ प्रतिशतले वृद्धि भएको छ। राजश्वतर्फ भन्सार महशुलमा १३ प्रतिशत र मूल्य अभिवृद्धि करतर्फ ७.१९ प्रतिशतले वृद्धि भएको छ। यसैगरी आयकरतर्फ १२ प्रतिशतले वृद्धि भएको छ। यद्दे‍पी यो अपेक्षा गरेको भन्दा कम रहेको उनको भनाइ छ।

उनले बैंक रेट पनि घटेको भन्दै हाल आधार दर ९.९४ प्रतिशतमा झरेको बताए। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि सेयर मार्केटले सकारात्मक लय समातेको जिकिर गरे।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा ५० लाखभन्दा बढीको सेयर धितोकर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गर्ने उल्लेख छ। यसअघि जोखिम भार १५० प्रतिशत थियो।

मन्त्री महतले जग्गा कारोबार पनि बढ्दो क्रममा रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...